Header

अर्थ बाणिज्य

धुलाम्मे बनेपछि बनेपा– पनौती सडक आजदेखि अवरुद्ध

काभ्रेपलाञ्चोक, ९ माघ । बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ ।  सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेख... विस्तृतमा

बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै

मुस्ताङ, ९ माघ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ ।  सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्च... विस्तृतमा

फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ

काठमाडौं, ८ माघ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो । उनले आफूसँग स... विस्तृतमा

रसुवागढी आयोजनाको संरचना निर्माण तीव्र गतिमा

रसुवा, ६ माघ । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो ।... विस्तृतमा

अब पाँच जिल्लामा प्रतिसिलिण्डर ग्यास १३०५ मा मात्र

काठमाडौं, ६ माघ ।  नेपाल आयल निगमले पाँच जिल्लामा ग्यासको मूल्य घटाएको छ । अब बाँके, बर्दिया, कैलाली कञ्चनपुर र दाङ जिल्लामा प्रतिसिलिण्डर १३०५ रूपैयाँ मात्र पर्नेछ । नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्... विस्तृतमा

मुआब्जा विवादले सडक विस्तार अलपत्र

काठमाडौं, ६ माघ । स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकाको सडक विस्तार योजना अलपत्र परेको छ। कतै स्थानीयले सीधा अवरोध पुर्‍याइरहेका छन् भने कतै अदालतको स्टे अर्डरका कारण सडक विस्तार अलपत्र परेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ढो... विस्तृतमा

यसकारण रित्तिए बैंकहरू

काठमाडौं, ६ माघ । लगानीयोग्य पुँजी (तरलता) रित्तिएपछि बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन्। कर्जाको माग बढे पनि पछिल्लो एकडेढ महिनायता बैंकहरूसँग लगानीयोग्य पुँजी अभाव हुँदै गएको छ। ‘पछिल्लो समय कर्जाको माग बढेको छ तर कर्जाको अनुपातमा निक्षेप बढ्न सकेको छैन', नेपाल बैंकर्स... विस्तृतमा

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

प्रेम रौले बाजुरा, ५ माघ । बाजुरा जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ । गाविसका प्रत्येक वडामा विकास नि... विस्तृतमा

काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित

काठमाडौं, ५ माघ । भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भएको छ। तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए। यो खबर हामीले आजको... विस्तृतमा

अब भारतबाट आयातित बिजुली सिधै काठमाडौंमा

काठमाडौं, ४ माघ। विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती-ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस... विस्तृतमा

यस्तो छ आज राष्ट्र बैंकले तोकेको विनिमय दर

काठमाडौं, ४ माघ ।  नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ ।  त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ३ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र व... विस्तृतमा

सुन तस्करी प्रकरण : विमानस्थलका एसएसपी तानिए

काठमाडौं, ४ माघ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वाटर तानेको छ।  केन्द्रिय अनुसन्धान व्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहर... विस्तृतमा

सिंहदरवारको मुख्य भवन ‘रेट्रोफिटिङ’ गरिने

काठमाडौं, ३ माघ । भूकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएसँगै यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ । डेढ वर्षसम्म चलेको विवाद टुंग्याएर सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय भएको हो । सिंहदरबार पुनर्निर्माण सचिव... विस्तृतमा

नारायणगढ–मुग्लिन सडकको काम प्रभावित

चितवन, ३ माघ । लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ । अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६ गतेबाट उनीहरू बिदामा गएका छन् । माघको दोस्रो साता नभई पूरै कामदार नफर्किने देखिएको छ । नारायणगढ–... विस्तृतमा

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत सुरु

 काठमाडौं, २ माघ । उद्योग विभागबाट प्रदान गरिने सेवा आजदेखि अनलाइन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका लागि दिएको आवेदनलाई स्वीकृत गरिएको प्रमाणपत्र प्रदान गरेर सो कार्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com