Header

मुख्य खबर

अनुदानका लागि उन्नाइस अस्पतालको मात्र प्रक्रिया पूरा

काठमाडौँ, १३ असार: अनुदानका लागि निवेदन दिएका ५३ सामुदायिक अस्पतालमध्ये १८ अस्पतालले मात्र अनुदानका लागि सबै प्रक्रिया पूरा गरेको पाइएको छ । मन्त्रालयका अुनसार बाँकी अस्पतालले निर्देशिकाले तोकेको प्रक्रिया पूरा नगरेकाले अनुदान पाउनबाट वञ्चित हुने अवस्था छ । मन्त्रालयले गत वैशाख १७ गते १५ द... विस्तृतमा

मोडल सृष्टि शाहीको पोर्चुगलमा निधन

१३ असार, लिस्बन: मोडल सृष्टि शाहीको पोर्चुगलमा २८ वर्षको कलिलै उमेरमा निधन भएको छ । श्रीमानसहित पोर्चुगलमा बस्दैं आएकी उनको गत बुधबार लिस्बनमा हृद्धयघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हृद्धयघातपछि उनलाई साओ जोसे हस्पिटलमा उपचारका लागि पु¥याइएको थियो । लगतै, अस्पताल... विस्तृतमा

काँग्रेसद्वारा आज पनि संसद बैठक अबरुद्ध

काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भूकम्पपीडित जनतालाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक अबरुद्ध गरेको छ ।  सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जन... विस्तृतमा

निर्वाचन गराउन आयोगलाई सबै सहयोग उपलब्ध गराउँछौं – प्रम

काठमाडौँ, १३ असार । सरकारले आगामी निर्वाचनहरुका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक, प्राविधिक तथा अन्य आवश्यक सबै सहयोग निर्वाचन आयोगलाई प्रदान गर्ने जानकारी गराएको छ ।  संविधानमा रहेका बाध्यकारी प्रावधान अनुरुप आगामी डेढ वर्षभित्र स्थानीय, सङ्घ÷प्रदेश र संसद्का निर्वाचन सम्पन्न गर्न... विस्तृतमा

दुई लाखको प्रतिबद्धता नआए संसद् चल्न नदिने

काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारबाट भूकम्पपीडित जनतालाई एकमुष्ट रु दुई लाख दिने प्रतिबद्धता नआए आज पनि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गर्ने भएको छ ।  काँग्रेस संसदीय दलको आज बसेको पूर्ण बैठकले आफ्नो माग सुनुवाइ नभएकाले संसद् अवरोध गर्नुपरेको स्पष्ट पार... विस्तृतमा

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीले लिए सन्यास !

अर्जेन्टिनाका क्याप्टेन लियोनेल मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्टार खेलाडी मेसीले आफ्ना लागि राष्ट्रिय खेल जीवन समाप्त भएको र आफुले आजसम्म जे जति गर्न सकियो खेल जगतमा सबै गरे जस्तो लागेको प्रतिक्रि... विस्तृतमा

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १३ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–१ रामचोक सडकखण्डमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएक... विस्तृतमा

वर्षाले रोपाइँ गरेको खेत बगायो, ३ घर जोखिममा

डोटी, १३ असार । वर्षाका कारण डोटीको मुडभारा गाविस जोखिममा परेको छ । मुडभरा गाविस– ८ भाडिपतल भन्ने ठाउँमा स्थानीय न्वाला खोलामा शनिबार राति आएको बाढीले स्थानीय सकराम महराको डेढ रोपनी धान रोपेको खेत बगाएको छ । त्यस्तै भेस महराको चर्पी पनि बगाएको प्रहरीले जनाएको छ । खोलाले धार परिवर्तन गर... विस्तृतमा

चिर्पट प्रहार गरी आमाको हत्या

दमक, १३ असार । घरायसी झगडा हुँदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।  पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  चिपर्टले... विस्तृतमा

 पहिरोले नारायगढ–मुग्लीन, काठमाडौं–बाह्रबिसे सडकखण्ड प्रभावित

काठमाडौं,१३ असार । पहिरोका कारण नारायगढ–मुग्लीन सडकखण्ड हुँदै चल्ने सवारी साधन आज पनि पूर्ण रुपमा प्रभावित भएका छन् । उक्त सडकखण्डको केराबारी,५ किलो,१७ किलो लगायतका स्थानमा गए रातीको अविरल बर्षासँगै झरेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो । मुग्लीन र नारायणगढबाट डोजर प्रयो... विस्तृतमा

भूकम्पपीडितका नाममा करोड बढी ठगी गर्ने पक्राउ

काठमाडौँ, १२ असार । भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दङ्गाललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।  अभियुक्त दङ्गालला... विस्तृतमा

नेविसङ्घलाई बलियो बनाएमात्र पार्टी बलियो’

काठमाडौँ, १२ असार । नेपाली काँग्रेसका नेताले नेपाल विद्यार्थी सङ्घलाई बलियो बनाएमात्र पार्टी बलियो हुने बताएका छन् ।  स्वतन्त्र विद्यार्थी युनियन शङ्करदेव क्याम्पसले आज यहाँ आयोजना गरेको ‘विद्यार्थी भूमिका, संविधान कार्यान्वयन र राष्ट्रियताको सवाल’ विषयको विचार गोष्ठीमा नेका केन्... विस्तृतमा

पहरा खोपेर क्यान्टिलिभर पुल निर्माण

केरौँंजा (गोरखा), १२ असार । मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको केराँैंजा गाविसस्थित यारुबगरमा पहरा खोपेर क्यान्टिलिभर पुल निर्माण गरिएको छ ।  बूढीगण्डकी नदीमा आएको भेलले पदमार्ग बगाएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको आग्रहमा बेलायती दातृ संस्था डिएफआइडीले क्यान्टिलिभर पुल निर्माण ग... विस्तृतमा

सिटौलाको सम्बन्धमा शीर्ष तहमा छलफल गरिने

काठमाडौँ, १२ असार । न्याय परिषद्को सदस्य पदमा प्रस्तावित रामप्रसाद सिटौलाको सुनुवाइको वैधानिकता सम्बन्धमा उत्पन्न विवाद प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी समाधान गरिने भएको छ ।  व्यवस्थापिका– संसद, संसदीय सुनुवाई विशेष समितिको आजको बैठकमा सिटौलाको सम्बन्धमा भएको छलफल पश्चात् समिति सदस्... विस्तृतमा

ट्रकले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर

गौशाला, १२ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासमा ट्रकले एउटा मोटरसाइकलमा ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको महेन्द्रनगर–२ बस्ने २८ वर्षीय अनिल ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  सोही घटनामा परी उनक... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com