Header

मुख्य खबर

१ सय ३० जना महिलासग बिहे गर्ने धर्म गुरुको निधन

एजेन्सी – नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए। आइतबार उनको मृत्यु भएपछि हजा... विस्तृतमा

उद्धारमा ढिलाइले आधारशिविरमा पर्यटकको मृत्यु

सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनियाँ पर्यटक ५१ वर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाइ गरेका कारण मृत्यु भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। सगरमाथा आधारशिविर पदयात्रा मार्गमा पर्ने ५,७०० मिटर उचाइको गोरक्षेप क्षेत्रमा लेक लागेर ब... विस्तृतमा

यसकारण घर छाडेर हिँडिन् अल्ट्रा म्याराथन धाविका मीरा

काठमाडौं – ‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् । अल्ट्रा म्याराथन धाविका मीरा राईकी आमा पम्फाले विगत सम्झिइन् । जतिबेला मीरा १४ वर्षकी थिइन्, देशमा सशस्त्र द्वन्द्व चर्कंदै थियो । गाउ... विस्तृतमा

पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी

काठमाडौं – राजधानीको पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी पाएका छन् । उपत्यकामा मात्र एक हजारभन्दा धेरै बाँदर छन् । तीमध्ये पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी रहेको विज्ञहरूले बताएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । रासायनिक विषादीयुक्त अप्राकृतिक खा... विस्तृतमा

बिपी राजमार्गले फेरेको जीवनशैली

नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ ।  बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् ।  तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोल... विस्तृतमा

धनी हुन यसरी गर्नुहोस बचत

धेरै पैसा कमाएर धनी बन्ने रहर अधिकांशलाई हुन्छ । तर, चाहदा चाहदै पनि अधिकांशको त्यो रहर पुरा हुन सकेको हुदैन । धनी बन्नका लागि सबैभन्दा पहिले तपाइंसँग बचत गर्ने चाहाना हुनुपर्छ । हुनत पैसा जोगाउने र बचत गर्ने चाहना अधिकांशमा हुन्छ । तर, चाहँदा चाहँदै पनि सबैले पैसा जोगाउन सकिरहेका हुदैनन् । साँच्चै... विस्तृतमा

बाबुरामको नयाँ शक्तिसहित झण्डै तीन दर्जन दल कारवाहीमा

काठमाडौँ | कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।  निर्वाचन आयोगमा हाल १११ वटा राजनीतिक दल दर्ता भए पनि वार्षिक लेखा परीक्षणको प्रतिवेदन आयोगमा बुझाउने दलको सङ्ख्या भने न्यून छ । यो खबर हामीले आजको गोर... विस्तृतमा

नेपाल अन्तर्राष्ट्रिय आपराधिक गिरोहको अपराधको ट्रान्जिट बन्दै

काठमाडौँ | नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउन लागेको प्रहरीको एक अध्ययनले देखाएको छ। गत वर्ष नै तयार भएको एक अध्ययन प्रतिवेदनले अन्तरदेशीय अपराधीहरूले नेपालको भूभाग प्रयोग गरेर छिमेकी तथा युरोपियन मुलुकमा सुन तथा लागूऔषध तस्करी गरिरहेको जनाएको छ। यो खबर हामीले आजको राजध... विस्तृतमा

मासिक ६ लाख कमाउने प्रलोभनमा फस्दा....

काठमाडौं – घरमै बसेर कम्प्युटरमा काम गरी मासिक ६ लाख कमाउने प्रलोभनमा फस्दा बेरोजगार युवाहरूको लाखौँ रुपैयाँ ठगी भएको छन् । कम्प्युटरमा टाइप र डिजाइनसम्बन्धी गर्ने काम गरेर मासिक ६ लाख कमाउन सकिने भ्रममा पारेर पैसा लिई एक दम्पतीले आठ युवाबाट करिब डेढ करोड रुपैयाँ ठगी गरेका छन् । भ... विस्तृतमा

प्रवासमा कति नेपालीको मृत्यु हुन्छ ?

काठमाडौं – प्रवासमा कति नेपालीको मृत्यु हुन्छ भन्ने पूर्ण जानकारी परराष्ट्र मन्त्रालयसँग पनि छैन । मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो । शव बाहिर निकाल्ने फरक बाटो थिएन । मृतकका आफन्तले यात्रु निस्कने मूल ढोका... विस्तृतमा

२५ मेगावाट बिजुली थपिने

केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ ।ढल्केबर-मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ।  ... विस्तृतमा

भारतले दसगजा मिचेर पक्की सडक निर्माण गर्यो

गौशाला । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ ।  जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक निर्माण गरेको हो... विस्तृतमा

त्रिशूलीमा ट्रक खस्यो, १ बेपत्ता

चितवन । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदी... विस्तृतमा

आज सहिद दिवस : गृह मन्त्रालयसँगै छैन सहिदको मापदण्ड

काठमाडौं – राणा शासनको विरोध गर्दा १९९७ मा फासी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ । १०–१६ माघ १९९७ मा राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएका थिए । ती चार विभूतिको स्मरण गर्दै १६ माघ... विस्तृतमा

बाथ–मुटु रोगीलाइ भल्व शल्यक्रियाको निःशुल्क उपचार

काठमाडौं – बाथ–मुटु रोगी भएका बिरामीले आगामी एक फागुनबाट भल्व शल्यक्रियाको निःशुल्क उपचार सेवा पाउने भएका छन् । बाथ–मुटु रोगीका लागि सरकारले निःशुल्क भल्व शल्यक्रिया उपचारको व्यवस्था मिलाएको खबर आजको नयाँ पत्रिकामा छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com