Header

गाँउघरको खबर

रोल्पामा १० ओटा नयाँ झोलुङ्गेपुलको निर्माण सुरु

रोल्पा, ५ माघ । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ । यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जो... विस्तृतमा

ज्ञानोदय निमाविका लागि ५० लाखभन्दा बढी सहयोग

गुल्मी, ४ माघ । गुल्मीको ज्ञानोदय निम्न माध्यमिक विद्यालयलका लागि ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ। जोहाङ्ग–५, रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घसंस्था लगायतबाट गरी हालसम्म ५० लाखभन्दा बढी आर्थिक सहय... विस्तृतमा

श्रीमतीको हत्या आरोपमा पक्राउ

बैतडी, २९ पुस । प्रहरीले श्रीमतीको हत्या आरोपमा भौनेली–५का देवेन्द्रबहादुर कुवरलाई आज पक्राउ गरेको छ ।  देवेन्द्रले आफ्नी २४ वर्षीया श्रीमती देवकीलाई यही पुस २४ गते राति लठ्ठीले कुटपिट गरी हत्या गरेर २५ गते बिहान गाउँलेको सहयोगमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ ।  आफूलाई... विस्तृतमा

‘बा ! भाइलाई बोर्डिङ, मलाई किन सरकारीमा?’

काठमाडौं, २९ पुस । “बा–आमाले भाइलाई बोर्डिङमा र मलाई किन सरकारी स्कुलमा पढाउँछन् ?” हरिहर माध्यमिक विद्यालयको उजुरी पेटिकामा यस्तै गुनासो लेखिएको भेटियो।  बेनामी उजुरी पढेपछि छात्राको गुनासो भनेर अनुमान गर्न कठिन भएन।  यो गम्भीर प्रश्नको उत्तर विद्यालयसँग थिएन, न त... विस्तृतमा

संविधान संशोधन टेबुल गरेको विरोधमा अाज गुल्मी बन्द

गुल्मी,२७ पुस ।   सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा बुधवार गुल्मी बन्द गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण गाडी चलेका छैनन् । बजार तथा क... विस्तृतमा

बर्दियामा जलपक्षी गणना सुरु

बर्दिया,२६ पुस । बर्दिया राष्ट्रिय निकुञ्जसहित संरक्षित क्षेत्र र सिमसार क्षेत्रमा जलपक्षीको गणना सुरु भएको छ । बर्दियाको कर्णाली नदी, बबई नदी, बढैया ताल र सतखलुवा ताल लगायतका क्षेत्रमा सोमबारदेखि जलपक्षी गणना सुरु भएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवं चरा विज्ञ रामबहादुर शाहीले जानकारी... विस्तृतमा

अत्याधिक चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

रुकुम, २४ पुस । लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि रुकुम जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै सङ्ख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा का... विस्तृतमा

परम्परागत पानीघट्ट लोप हुँदै, सुधारिएको घट्टको माग

बैतडी, २३ पुस । केही समयअघिसम्म जिल्लाका सबै क्षेत्रमा सञ्चालनमा रहेका पानीघट्ट पछिल्लो समय लोप हुँदै जान थालेपछि यसको सुधारको माग बढेको छ । कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्ल... विस्तृतमा

जीपको ठक्करबाट एक जनाको ज्यान गयाे

धादिङ, २३ पुस । जीपको ठक्करबाट एक जनाको ज्यान गएपछि स्थानीय बासिन्दाले धादिङ–नौबिसे सडकखण्ड अवरुद्ध गरेका छन् । काठमाडौंबाट मनाङका लागि छुटेको बा १५ च ४४८२ नम्बरको जीपले नौविसे ४ कानाकोटमा ठक्कर दिँदा अन्दाजी ६५ वर्षका सानु थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्... विस्तृतमा

सुनसरीमा हात्ती आतङ्क, स्थानीय रातभर जाग्राम

सुनसरी, २० पुस। सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाएनन् । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति... विस्तृतमा

विवाह गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद

रोल्पा, २० पुस । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी हुन्। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। विवाहपछि एकअर्... विस्तृतमा

दामनमा हिउँ : सेल्फिसंगै रमाउनेको भीड

मकवानपुर, १९ पुस । दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात् सल्लाह गरेर साँझ ७ः३० बजे भक्तपुरबाट उनीहरु हिँडेका हुन् ।  राति आइपुगेको त्यो जोडीसँग तीन मोटरसाइकलमा छ जना थिए । आज बिहान सूर्योदयका ब... विस्तृतमा

आलुको बीउ उत्पादन सुरु

बाँके, १९ पुस । स्थानीय बीउलाई संरक्षण गर्ने उद्देश्यका साथ जिल्लाका राधापुर र टिटिहिरिया गाविसका कृषकले स्थानीय आलुको बीउ उत्पादन सुरु गरेका छन् ।  विभिन्न कृषक समूह गठन गरी दुवै गाविसका ३६ वटा समूहमा आबद्ध किसानले स्थानीय आलुको जातको बीउ उत्पादन सुरु गरेका हुन् । संरक्षण र संवद्र्धन गर्नका... विस्तृतमा

तीन छोरीलाई विष खुवाएर आमा देबिले गरिन आत्महत्या

सर्लाही, १९ पुस  । सर्लाहीको पिपरियाकी एक महिलाले आफ्ना तीन छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् ।   विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती ३० वर्षीया गुन्द्रु देवी र १० वर्षीया छोरी चन्दा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएक... विस्तृतमा

मुसहर बस्ती निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग

बर्दिबास, १९ पुस । महोत्तरी जिल्ला बर्दिवास–२ को मुसहर बस्तीलाई नमुना बस्ती बनाइने घोषणा गर्ने हास्यकलाकारद्वय धुर्मुस, सुन्तली र उनिहरु आबद्ध धुर्मुस–सुन्तली फाउन्डेसनलाई स्थानीय पशुपतिनगरका तरकारी उत्पादक किसानले रु ५० हजार सहयोग गरेका छन् ।  फाउन्डेसनको घोषणालाई सघाउन नमुना मु... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com