Header

विदेश

चीनबारे ट्रम्पले गरे यस्तो खुलासा !

न्यूयोर्क, २७ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू एक चीन नीतिमा बाँधिएर नबस्ने स्पष्ट पारेका छन् । चीनले आफ्नो हिस्सा मान्दै आएको ताइवानी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेकामा भइरहेको टिप्पणीप्रति ट्रम्पले अमेरिकालाई एक चीन नीतिमा बाँधेर राख्न नहुने स्पष्ट पारेका हुन्... विस्तृतमा

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला !

जेनेभा (स्वीट्जरल्यान्ड), २७ मङ्सिर । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ ।  स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्... विस्तृतमा

चर्चको छानो भत्किदा १ सय ६० को मृत्यु !

लागोस, २७ मङ्सिर । नाइजेरियाको दक्षिणीक्षेत्रमा अवस्थित एक चर्चको छानो भत्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको उयोस्थित एक अस्पतालले आइतबार जानकारी दिएको छ ।  शनिबार निर्माणाधीन चर्चको छानो भत्किँदा भएको उक्त दुर्घटनामा दर्जनौँ मानिसहरु घाइते भई स्थानीय अस्पतालमा उपचारक... विस्तृतमा

खेलाडीको टिम चढेको विमानमा बम राखिएको हल्ला, बिमान सकुसल अवतरण !

संयुक्त राज्य अमेरिका, २६ मङ्सिर । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको स्थानीय बोस्टन ग्लोब समाचारपत्रले उल्लेख गरेको छ ।   ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गै रहेको... विस्तृतमा

ग्यास बोकेको रेलमा विस्फोट, ५ को मृत्यु !

बुल्गेरिया, २६ मङ्सिर । बुल्गेरियाको हिट्रिनो रेल स्टेसनमा ग्यास लिएर आएको एक रेल ट्र्याक बाहिर गएपछि दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ ।  ग्याससहितको रेल दुर्घटना भएपछि ग्यास विस्फोट भएको र विस्फोटमा शनिबार बिहान घटनास्थलमै चारजनाको मृत्यु भएको थियो भने घाइते एकजनाको उपचारका क्रम... विस्तृतमा

फुटबल रंगशाला नजिकै २ बम विस्फोट, २९ जनाको मृत्यु !

बिबिसी, २६ मङ्सिर | टर्कीको प्रमुख शहर इस्तानबुलस्थित फुटबल रंगशाला नजिकै भएका दुईवटा बम विस्फोटमा परि कम्तीमा २९ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको खबरहरु आएका छन्। मृत्यु भएका मध्ये धेरैजसो प्रहरी अधिकारीहरु रहेका छन्। एउटा आत्मघाती बम र अर्को कार बम हमलाले प्रहरी अधिकारीहरुलाई लक्षित... विस्तृतमा

राजधानीकै सडकमा बिस्पोट, ६ प्रहरीको मृत्यु !

कायरो,  २५  मङ्सिर । इजिप्टको राजधानी कायरोमा अवस्थित पिरामिडतर्फ जाने सडकमा अवस्थित सुरक्षाजाँच केन्द्रमा शुक्रबार भएको विस्फोटनमा परी कम्तिमा छ जना प्रहरीको मृत्यु भएको यहाँको सरकारी समाचार संस्था मेना न्युज एजेन्सीले जनाएको छ ।  विस्फोटनमा तीन अन्य प्रहरी र तीन सर्वसाधारण घाइते... विस्तृतमा

‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी महिलाको तौल घटाउन सल्यक्रिया हुदै !

नयाँ दिल्ली, २५ मङ्सिर । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् ।  भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ( करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल... विस्तृतमा

कतारले रूसकाे तेल कंपनी किन्दै

मङ्सिर २३, मस्को (रूस) । ग्लेनकोर तथा कतारको सरकारी वेल्थ फण्डले रूसको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी रोस्नेफ्टको १९ दशमलव ५ प्रतिशत शेयर किन्ने भएको छ । रूस सरकारले जानकारी दिएअनुसार यसका लागि यी दुई खरीदकर्ताले ११ अर्ब ३० करोड डलर लगानी गर्ने भएका छन् । बेलायती शेयर बजारमा सूचीकृत कमोड... विस्तृतमा

सेनाले अलपत्र छोडेका १ हजार ५ सय बढी हतियार फेला !

 चीन, २४ मङ्सिर । सन् १९३७ देखि सन् १९४५ को समयमा चीन र जापानबीच भएको युद्धका सिलसिलामा जापानी सेनाले अलपत्र छोडेका करिब एक हजार ५५५ वटा गोली चीन–रसिया सीमा क्षेत्रमा भेटिएको बिहीबार स्थानीय अधिकारीले बताएका छन् ।  दुईवटा कुहेका बाकसमा अझै पनि प्रयोग गर्न सकिने जस्ता देख... विस्तृतमा

घरेलु विषाक्त मदिरा पिउँदा १० को मृत्यु, ५० भन्दा बढी अस्पताल भर्ना !

कम्बोडिया, २४ मङ्सिर । भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीहरुले बताएका छन् ।  नोभेम्बरको अन्त्यदेखि बिहीबारसम्म १०... विस्तृतमा

महाअभियोग प्रस्ताव पारित नभए राजिनामा दिने !

सोल, २३ मङ्सिर । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजिनामा दिने भएका छन् ।  राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दल–मिन्जु पार्टीका संसदिय नेता (फ्लोर लिडर) ऊ साङ्गहोले... विस्तृतमा

विमानस्थलमै १० हजार यात्रु अड्किएपछी ...

चीन,  २३ मङ्सिर । चीनको दक्षिणपश्चिमी सहर चेङ्गडुमा भारी मात्रामा लागेको कुहिरोको कारण बुधबार रातिबाट उडानहरुमा भएका ढिलाई र रद्दका कारण १० हजार भन्दा बढी यात्रुहरु अड्किएका छन् ।  बुधबार राति ११ बजेबाट भारीमात्रामा लागेको कुहिरोको कारण परिदृष्यता (भिजिबिलिटी) क्षमतामा परेको प्र्रभाव बि... विस्तृतमा

संसार कै महँगो कार बिएमडब्लु कार बोकेको रेल दुर्घटना, १ सय कारमा क्षति !

काठमाडौँ, २३ मङ्सिर | संसार कै महँगो कार मध्येको एक बिएमडब्लु कार बोकेको एउटा रेल दुर्घटना हुँदा दर्जनौ कारमा क्षति पुगेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उक्त रेल अमेरिकाको दक्षिण क्यारोलाइनामा रहेको बिएमडब्लु कारको प्लान्टबाट त्यहिको अर्को एक शहरमा कार लिएर गुडेको थियो... विस्तृतमा

विमान दुर्घटनामा परेकाहरुको डिएनए परिक्षण गरिने !

पाकिस्तान, २३ मङ्सिर । उत्तरी पाकिस्तानको पहाडी इलाकामा बुधबार भएको विमान दुर्घटनामा परेकाहरुको परिचय खुल्लाउनका डिएनए परिक्षण गरिने अधिकारीहरुलेृ जानकारी दिएका छन् । विमान सेवाको इतिहासमा नै अति खराव प्रकृतिको यो दुर्घटनाले देशलाई शोकमा डुबाएको छ ।  उत्तरी क्षेत्रमा भएको दुर्घटनालाई पाकिस्त... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com