Header

समाचार

भारतीय झलक दिखला जा’को ट्रफि नेपालकी तेरिया मगरलाई

काठमाडौं, ७ माघ । नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को... विस्तृतमा

राजविराजमा ग्रिनेड बम फेला, स्थानीयवासीआतंकित

राजविराज, ७ माघ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले... विस्तृतमा

भीभीआईपीको उपचार अब नेपालमै

काठमाडौं, ६ माघ । राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। सरकारले तयार गरेको ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्... विस्तृतमा

भीभीआईपीको उपचार अब नेपालमै

काठमाडौं, ६ माघ । राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। सरकारले तयार गरेको ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्... विस्तृतमा

माओवादी रुपन्देही जिल्ला सम्मेलन सुरु, फाल्गुनपछि राष्ट्रिय राजनितिले नयाँ मोड लिन्छ: वली

वुटवल ५ माघ । नेकपा(माओवादी)का स्थायी समिति सदस्य हेमन्त प्रकाश वली 'सुर्दशन'ले दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी व्यवस्थाका लागी एकिकृत जनक्रान्तिको कार्यदिशा निर्णायक हुने बताएका छन ।  नेकपा(माओवादी) रुपन्देहीको पाचौं जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता वलीले प्रचण्ड ब... विस्तृतमा

उपेन्द्र र राजकिशोर यादव निर्बाचन आयोगको ‘ब्ल्याक लिस्ट’मा निर्वाचनमा भाग लिन नपाउने !

काठमाडौं, ५ माघ ।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राजकिशोर यादवको मधेस जनअधिकार फोरम (गणतान्त्रिक) पार्टीमाथि कारवाही हुने भएको छ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएको फोरमले आर्थिक वर्ष २०७२–७३ को वार्षिक आयव्यय विवरण नबुझाएपछि निर्वाचन... विस्तृतमा

रोल्पामा १० ओटा नयाँ झोलुङ्गेपुलको निर्माण सुरु

रोल्पा, ५ माघ । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ । यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जो... विस्तृतमा

महागढीमाई मन्दिर आसपासका अव्यवस्थित पसल हटाइए

बारा, ५ माघ । बारा जिल्लामा रहेको प्रसिद्ध गढीमाई मन्दिरको वरपर रहेका अव्यवस्थित टहरा र घरलाई हटाइएको छ । महागढीमाई नगरपालिका बरियारपुरस्थित मन्दिर वरपर बनाइएका ८० मध्ये ६० वटा अव्यवस्थित पसलहरूलाई मन्दिर ब्यवस्थापन समितिले ब्यवस्थित गरिएको हो । २३ वटा मिठाई, पानीट्यानकी नजिकका २० वटा पार्चुन... विस्तृतमा

त्रिशूलीमा ट्याङ्कर खस्यो चालक बेपत्ता

चितवन, ५ माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्या... विस्तृतमा

वार्षिक आयव्यय विवरण नबुझाउने यी हुन संसदभित्रका पाँच दल

काठमाडौँ ५ माघ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् । आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् । यस्तै अन... विस्तृतमा

हतियारधारी समूहद्वारा दुहवीमा लुटपाट

इटहरी, ५ माघ । नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट रु ७८ हजार नगद पाँच थान मोबाइल र एक थान क्राइम कन्ट्रोल क्यामेरा मङ्लबार लुटेर लगेका छन् ।  अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्ज... विस्तृतमा

‘दाहाल नेतृत्वको सरकारले चुनाव नगराउने’

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना  बढ्दै गएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको भद्र सहमती अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।... विस्तृतमा

क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा कारागारमा समस्या

काठमाडौं, ४ माघ । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो। २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताए।  विसं २०४२ सालमा निर्माण गरिएको... विस्तृतमा

शीतलनिवास पुगेर ज्ञानेन्द्रले सम्झीए आफ्नो विवाह

काठमाडौं, ३ माघ  । राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा निम्तो मान्न शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्रले पूर्वरानी कोमललाई सम्झेका छन् । शीतल निवास त्यही ठाउँ हो, जहाँबाट उनले कोमललाई बिहे गरेर पत्नी बनाएका थिए । आइतबार पूर्वराजा ज्ञानेन्द्रले शीतलनिवास प्रवेश गरेपछि ५० वर्ष पह... विस्तृतमा

सरकारी कार्यालयमा आफूखुसी 'कानूनी सल्लाहकार' अवैध

काठमाडौं, ३ माघ । राष्ट्रपति, सरकारका विभिन्न निकाय एवं संवैधानिक अंगमा निजी कानुनी सल्लाहकार राख्ने कार्य अवैधानिक रहेको बताउँदै महान्यायाधिवक्ता कार्यालयले गम्भीर आपत्ति जनाएको छ। महान्यायाधिवक्ताको कार्यालयलाई राज्यको प्रमुख कानुनी सल्लाहकार मानिन्छ। 'अवैध' रूपमा राखिएका यस्ता सल्ला... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com