Header

समाचार

एमाले सचिव ज्ञवाली भन्छन् जनादेश लिएर संविधान संशोधन गर्नुस्

भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिए ।  रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनले नै सबैको उद्देश्य पूरा गर्ने भएकाले यसको उपयोग गर्न मोर्चालाई आग्रह गरे... विस्तृतमा

माओवादीका नेताहरु जुवाडे बने : प्रकाण्ड

काठमाडौँ २९ पुस। नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले माओवादीका नेताहरु जुवाडे बनिसकेको आरोप लगाएका छन। नेता प्रकाण्डले प्रधानमन्त्री तथा माओवादी केद्रका अध्यक्ष प्रचण्डलाइ इंगित गर्दै जनयुद्ध र शहिदहरुका सपनामाथि प्रचण्डलगायातका केही नेताहरुले ठूलो गद्धारी गरेक... विस्तृतमा

‘बा ! भाइलाई बोर्डिङ, मलाई किन सरकारीमा?’

काठमाडौं, २९ पुस । “बा–आमाले भाइलाई बोर्डिङमा र मलाई किन सरकारी स्कुलमा पढाउँछन् ?” हरिहर माध्यमिक विद्यालयको उजुरी पेटिकामा यस्तै गुनासो लेखिएको भेटियो।  बेनामी उजुरी पढेपछि छात्राको गुनासो भनेर अनुमान गर्न कठिन भएन।  यो गम्भीर प्रश्नको उत्तर विद्यालयसँग थिएन, न त... विस्तृतमा

दुई वर्ष कर्मचारी भर्ना र बढुवा बन्द

काठमाडौं, २९ पुस । सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ। ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी विधेयक तयार गरिएको छ।   यो खबर हामीले आजको अन्नपूर्ण... विस्तृतमा

राजधानीमा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस सञ्चालन हुने

काठमाडौं, २८ पुस । सरकारले राजधानीमा लामा र स्तरीय ठूला बस सञ्चालन गर्ने भएको छ । बस सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ । काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक... विस्तृतमा

थापा र गच्छदारसहित सरकार विस्तार हुँदै

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संश... विस्तृतमा

भारतसंग प्रचण्डले गरे अर्को सम्झौता, बिरोधमा उत्रिए नारायणकाजी

काठमाडौं, २७ पुस । सरकारले काम नगर्ने भारतीय कम्पनीको ठेक्का अवधि थपेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विरोध भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले माथिल्लो कर्णाली आयोजनाको आर्थिक स्रोत ब्यबस्था गर्नका लागि एक वर्षको समय पाएर पनि कुनै काम नगरेको भारतीय कम्पनी जीएमआ... विस्तृतमा

उद्योगमन्त्री जोशीद्वारा स्वास्थ्य चौकीको भवन उद्घाटन

पाल्पा, २७ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले रामपुर नगरपालिका–२ पन्थेमा रहेको गाडाँकोट स्वास्थ्य चौकीको भवन आज उद्घाटन गरेका छन् ।  जोशीले स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै स्वास्थ्यको भौतिक पूर्वाधार सबैको साझा सम्पत्ति रहेको बताए ।  उनले भौतिक पूर्वाधारमा जीवन्त दिन स्... विस्तृतमा

सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने

काठमाडौं, २७ पुस । सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ । पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग मन्त्रीहरुले पटक पटक उठाएका थिए । तर, सरकारले कुनै निर्णय गरेन । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुन दिवसमा राष्ट्रिय र कुन दिवस तथा पर्वमा प्रादेशिक र स्थानीय स्तरमा विदा दिने भन्ने स... विस्तृतमा

भगवती वरालडाँडामा माघे सङ्क्रान्ति मेला

पोखरा, २७ पुस । कास्कीको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने भगवती वरालडाँडामा माघ १ र २ गते माघे सङ्क्रान्ति मेला हुने भएको छ। ‘वरालडाँडा जाऔँ, भगवतीमाईको दर्शन गरौँ’ भन्ने मूल नाराका साथ वरालडाँडा तमु समाजको आयोजनामा हुन लागेको सो मेलामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता, द... विस्तृतमा

निजामति कर्मचारीको उमेरहद ६० वर्ष बनाइँदै

काठमाडौं, २७ पुस । तपाई निजामति कर्मचारी हुनुहुन्छ भने तपाईका लागि खुशीको विषय हुनसक्छ, आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति कर्मचारीको अनिवार्य अवकास पाउने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउँदैछ । आजको मन्त्रिपरिषद बैठकमा निजामती ऐनको पाँचौ संशोधन विधेयक स्वीकृतका लागि पेश हुँदैछ । मन्त्रिपरि... विस्तृतमा

आज पृथ्वी जयन्ती, सरकारले बिदा दिएन

काठमाडौं, २७ पुस।  बुधबार पुस २७ गते, नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । विक्रम संवत २००७ सालपछि देशमा राष... विस्तृतमा

संविधान संशोधन टेबुल गरेको विरोधमा अाज गुल्मी बन्द

गुल्मी,२७ पुस ।   सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा बुधवार गुल्मी बन्द गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण गाडी चलेका छैनन् । बजार तथा क... विस्तृतमा

जमिन गुमाएका भूकम्पपीडितका गुनासा : कहिले बन्छन् हाम्रा घर ?

काठमाडौं, २७ पुस । कोक्रोमा दुई वर्षको छोरा बोकेर आएकी सेलाङ–६ की तेन्जीडोल्मा तामाङ सदरमुकाम चौतारामा भेटिइन्। उनको हातमा एउटा प्लेकार्ड थियो, कार्डमा लेखिएको थियो, ‘धेरै प-यौ सरकारको भर, कहिले बन्छ हाम्रो घर ?’ गत वर्षको १२ र २९ वैशाखको भूकम्पले सिंगै बस्ती तहसनहस पारेपछि त... विस्तृतमा

‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

काठमाडौं, २७ पुस । “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न।  विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाब... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com