Header

समाचार

दामनमा हिउँ : सेल्फिसंगै रमाउनेको भीड

मकवानपुर, १९ पुस । दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात् सल्लाह गरेर साँझ ७ः३० बजे भक्तपुरबाट उनीहरु हिँडेका हुन् ।  राति आइपुगेको त्यो जोडीसँग तीन मोटरसाइकलमा छ जना थिए । आज बिहान सूर्योदयका ब... विस्तृतमा

आलुको बीउ उत्पादन सुरु

बाँके, १९ पुस । स्थानीय बीउलाई संरक्षण गर्ने उद्देश्यका साथ जिल्लाका राधापुर र टिटिहिरिया गाविसका कृषकले स्थानीय आलुको बीउ उत्पादन सुरु गरेका छन् ।  विभिन्न कृषक समूह गठन गरी दुवै गाविसका ३६ वटा समूहमा आबद्ध किसानले स्थानीय आलुको जातको बीउ उत्पादन सुरु गरेका हुन् । संरक्षण र संवद्र्धन गर्नका... विस्तृतमा

बस्दै नबसी सूचना टासेर संसद बैठक स्थगित

काठमाडौं, १९ पुस |  व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुले सहमति जुटाउन आइतबारसम्मको समय मागेपछि सभामुख ओनसरी घर्ती मगरले आइतबारसम्मका लागि समय दिए । अब संसदको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।... विस्तृतमा

अन्तरिम आदेश खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन (भिडियोसहित )

काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।... विस्तृतमा

मुसहर बस्ती निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग

बर्दिबास, १९ पुस । महोत्तरी जिल्ला बर्दिवास–२ को मुसहर बस्तीलाई नमुना बस्ती बनाइने घोषणा गर्ने हास्यकलाकारद्वय धुर्मुस, सुन्तली र उनिहरु आबद्ध धुर्मुस–सुन्तली फाउन्डेसनलाई स्थानीय पशुपतिनगरका तरकारी उत्पादक किसानले रु ५० हजार सहयोग गरेका छन् ।  फाउन्डेसनको घोषणालाई सघाउन नमुना मु... विस्तृतमा

सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य : एमाले

भक्तपुर, १९ पुस । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले संविधान संशोधनसम्बन्धी सर्वोच्च अदालतको सोमबारको निर्णय स्वागतयोग्य भएको जनाएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा सत्तारुढ दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । संविधा... विस्तृतमा

युवा कृषकको माछापालनमा आकर्षण बढ्दै

मोरङ, १९ पुस । मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ ।  सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।  मोरङ केराबा... विस्तृतमा

गोली प्रहार गरी मनीचेञ्जर सञ्चालकको ५ लाख लुटियो

उर्लाबारी (मोरङ), १९ पुस । मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।  राती ८ः३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेश... विस्तृतमा

आठवटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जा

चन्द्रौटा (कपिलवस्तु), १९ पुस । कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठवटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ ।  भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत... विस्तृतमा

हिमाली बस्तीमा बाक्लो हिमपात

सोलुखुम्बु, १८ पुस । शनिबार साँझबाट हिमपात सुरु भएको सोलुखुम्बुको हिमाली बस्तीमा आज निकै बाक्लो हिमपात भएको छ । आइतबार पनि डाँडापाखा सेताम्मे हुने गरी हिमपात भएको थियो । बस्तीमै एकदेखि दुई फिटसम्म हिउँ जमेको खुम्जुङ–४ का ङातेम्बा शेर्पाले बताए  ।  खुम्बु क्षेत्रमा रहेका नाम्चे, खु... विस्तृतमा

सामाजिक विकृतिविरुद्धको सन्देश चलचित्र ‘ब्वायफ्रेन्ड’

चितवन, १८ पुस । आदिवासी थारू समुदायको पहिचान बोकेको चितवन सौराहाको बछौलीस्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा भोजपुरी गीतमा केही युवा नाचगान गरेर रमाइरहेका थिए ।     तेरी लच्के लि जब कमरिया...  बल खाए जै जेसन नगेनिया...  थारू महिला पहिचानसहित कालो ब्लाउज र सेतो धोतीमा सजि... विस्तृतमा

करेन्ट लागेर मृत्यु

बाजुरा, १८ पुस । बडिमालिका नगरपालिका–९ जिल्लीमा विद्युत्को झट्का लागेर मृत्यु ३५ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको छ ।  घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए।&nbs... विस्तृतमा

दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको अस्तित्व सङ्कटमा

तेह्रथुम, १८ पुस । दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना तेह्रथुममा छ भनेर धेरैले पढेको हुनुपर्छ । तर दुर्भाग्य यो छ कि संरक्षण र प्रचार प्रसारमा चासो नदिइँदा झरनाको अस्तित्व नै सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरना क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ... विस्तृतमा

मुख्यमन्त्री माथि जुत्ता प्रहार

एजेन्सीं, १८ पुस । दिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आदमीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाले जनाएको छ। आइतबार हरियाणामा विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो।मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार हो। उनलाई प्रहार भ... विस्तृतमा

३ दलको कुरा मिलेन, प्रयास जारी ...

काठमाडौँ, १८ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई सहमतिमै अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच भएको प्रयास विफल भएको छ ।  सहमति जुटाउन नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच आज सिंहदरबारमा भएको छलफल दलहरुका आ–आफ्नै... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com