Header

समाचार

चोरले गरे धनबहादुर हत्या !

इटहरी, १८ पुस । मोरङ जिल्लाको सुन्दरदुलारी–६ निवासी ५७ वर्षीय धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा डकैती गर्न आएका डाँका समूहलाई खेदाउने क्रममा डकैती समूहका मानिसले टाउकोमा प्रहार गरेको चिर्पटका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएको छ ।  गएराति १२ बजे शरीर र... विस्तृतमा

नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेन

चितवन, १८ पुस । दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन ।  सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो पार्नुपर्ने भएपछि सडक नै रोकेर काम थालिएको हो । पुस ७ गतेबाट हरेक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म... विस्तृतमा

ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला

गोरखा, १८ पुस । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ ।  बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्... विस्तृतमा

कैलालीमा भएको गौहत्यको चितवनमा पनि विरोध

चितवन, १८ पुस । गौ हत्या भएको विषयलाई लिएर चितवनमा पनि नागरिकहरुले कडा विरोध गरेका छन् । कैलालीको गोदावरी जङ्गलमा षड्यन्त्रपूर्ण तरिकाबाट सयौं गाई गोरुहरुको हत्या भएको विषयलाई लिएर चितवनका नागरिकहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।   धार्मिक एवं... विस्तृतमा

 इटहरीका युवाहरुले राष्ट्रिय पोशाक दिवस मनाए 

इटहरी, १८ पुष । इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय था रोटयाक्ट क्लब अफ इटहरीको संयोजन तथा २४ भन्दा बढि गैर सरकारी सङ्घ संस्थाको सहकार्यमा आज चौथो राष्ट्रिय पोशाक दिवश इटहरीको मुख्य चोकमा सम्पन्न गर्दै राष्ट्रिय पोशाकको महत्वका विषयमा ब्यापक चर्चा गरिएको छ । सो अवसरमा राप्रपा नेपालको बरि... विस्तृतमा

स्कुलमा बिद्यार्थी आउँन छाडे : भक्कानीएर रुन्छन शिक्षक....

काठमाडौं, १८ पुस  । राजधानी बसन्तपुर नजिकै याट्खाको कन्या माध्यमिक विद्यालयकी आधारभूत तहकी शिक्षक निर्मला श्रेष्ठले पढाउन थालेको ३७ बर्ष भयो ।   यही विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म कोचिएर पढ्थे । विद्यार्थी बढी भएपछि सेक्सनसमेत छुट्टाइएको थियो । दुईसाता अघि उनलाई भेट्न पुग्दा... विस्तृतमा

७ पटक अवरुद्ध र ३ पटक स्थगीत भइसकेको संसद बैठक आज बस्दै

काठमाडौं, १८ पुस  । संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सात पटक अवरुद्ध र तीन पटक स्थगीत भइसकेको संसद वैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ ।   सत्तापक्षले आजको संसद वैठकमा प्रतिपक्षी दलहरुको असहमतिकै बीच संशोधन प्रस्तावलाई टेबुल गर्ने तयारी गरेको छ भने प्रतिपक्षी दल... विस्तृतमा

जम्मु काश्मिर हुँदै आएको वायूको प्रभाव : चिसो संगै हिमपात र असिना पानी

काठमाडौँ, १८ पुस | जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायूको प्रभावका कारण देशभर चिसो बढेको छ । सोमबार पनि पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।  शनिबार र आइतबारको हिमपातका कारण पहाड  र हिमालीक्षेत्रको जनजीवन प्रभावित भएको छ । उत्तरी धादिङको व... विस्तृतमा

कुष्ठरोग लागेपछि खोलाको किनारमा बास ....

रुकुम, १८ पुस । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएकि छिन ।  बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् । सानै उम्मेरमा कुष्ठर... विस्तृतमा

जिप दुुर्घटना, ४ घाइते

रुकुम, १८ पुस । रुकुममा जिप दुुर्घटना हुुँदा चार जना घाइते भएका छन् ।  रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट&... विस्तृतमा

भारतमा खुल्यो पहिलो ‘ट्रान्सजेन्डर’ (तेस्रोलिंगी) स्कुल

भारत, १७ पुस | भारतको कोची सहरमा ‘ट्रान्सजेन्डर’ का लागि आवासीय स्कुल खुलेको छ । फरक पहिचानका कारण बीचैमा स्कुल छाडेकालाई लक्षित गर्दै स्कुल खोलिएको हो । अब उनीहरुले अधुरो रहेको शिक्षा पूरा गर्न सक्नेछन् । भारतमा ‘ट्रान्सजेन्डर’ लाई हेयको नजरले हेरिन्छ र समाजले यस्ता व्यक्... विस्तृतमा

बन रक्षकको हत्या

ताप्लेजुङ, १७ पुस  । ताप्लेजुङको खोक्लिङ गाविसको इलाका वन कार्यालयका कर्मचारी गणेश शाहीको हत्या भएको छ ।   निजी वन र सामुदायिक वन सीमानाको विवादका विषयमा छलफल गर्न स्थानीयवासी विष्णुलाल लिम्बूको घरमा पुगेका शाहीको स्थानीय सविन लिम्बूले खुकुरीले आक्रमण गरी हत्या गरेको र उनी फरार... विस्तृतमा

संशोधन प्रस्ताव संसद्मा राख्न नसकिने एमालेको अडान

काठमाडौँ, १७ पुस । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक संविधान विपरीत भएको जनाउँदै त्यसलाई संसद्मा छलफल गर्न नसकिने बताए ।  प्रेस चौतारी नेपाल काठमाडौँले पुस २२ गतेको एमालेको जनप्रदर्शनको सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संविध... विस्तृतमा

चुनावका लागि तयार रहन निर्देशन

दमौली, १७ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए  ।  काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुङ्ग््याएर निर्वाचन गर्न... विस्तृतमा

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा .....

जनकपुर, १७ पुस | जनकपुरमा सडक छेउको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर क्षिरेश्वर नगरपालिका-८ हरैयाका ४० वर्षका जितेन्द्र यादवको ज्यान गएको छ । शनिबार राति १ बजेतिर ज ७ प ३८४५ नम्बरको मोटरसाइकलमा जनकपुरबाट घर जानलागेको बेला जनकपुरको पिडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किएर उनको घटनास्थलमै ज्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com