Header

विज्ञान/प्रविधि

नेपाल टेलिकमले काठमाडौं र पोखराको मुख्य शहरी क्षेत्रमा ‘फोर-जी’ सञ्चालन गर्ने

काठमाडौं, १ कत्तिक । नेपाल टेलिकमले अगामी पुसदेखि काठमाडौं र पोखराको मुख्य शहरी क्षेत्रमा ‘फोर-जी’ सञ्चालन गर्ने भएको छ । फोर-जी चलाउन टेलिकमले तयार गरेको रोलआउट प्लानमा मंसिर ३० गतेदेखि फोर-जी सञ्चालन गर्ने तय गरिएको हो । दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने १८ सय मेगाहर्ज फ्रिक्... विस्तृतमा

भाइबरले राजधानीका विभिन्न ५ स्थानबाट निशुल्क सेवा उपलव्ध

काठमाडौँ, ३० असोज | भाइबरले राजधानीका विभिन्न पाँच स्थानबाट निशुल्क आफ्नो सेवा उपलव्ध गराएको छ।  ललितपुर मल, सिटी सेन्टर, शान्तिनगरस्थित क्याफे दि क्राफ्ट, काठमाडौं मलमा रहेको निमन्त्रणा रेष्टुरेन्ट र न्यूरोडस्थित ताम्राकार हाउसअगाडि रहेको डिजी टेकबाट यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको... विस्तृतमा

अष्ट्रेलिया वायुसेवा प्रदायक कम्पनिहरुले पनि ग्ययालेक्सी एस सेभेन फोनमा लगायो प्रतिवन्ध

सिड्नी, ३० असोज । यतिबेला सामसुङ ग्यालेक्सी एस सेभेन मोवाइल फोन धमाधम पड्किन थालेपछि विश्वभरका वायुसेवा प्रदायक कम्पनिहरुले विमानमा यो फोनको प्रयोगमा प्रतिवन्ध लगाउन थालेका छन् । अमेरिकाले विमानमा यो फोनको प्रयोगलाई पूर्ण रुपमा प्रतिवन्ध लगाइसकेको छ । नेपालको बुद्ध एयरलाइन्सले पनि यो फोनको प... विस्तृतमा

नोट सेभेनले गर्दा सामसुङ कम्पनीलाई ५.४ अर्ब डलर घाटा

एजेन्सी, ३० असोज | समस्याग्रस्त नोट सेभेन स्मार्टफोनको बिक्री बन्द गर्न बाध्य भएको कोरियाली कम्पनी सामसुङले यसका कारण कम्पनीलाई कम्तिमा ५.४ अर्ब डलर घाटा हुने बताएको छ । सामसुङले यसअघि नै आफ्नो तेस्रो क्वाटरको नाफा २.३ अर्ब डलर कम हुने बताइसकेको थियो । शुक्रबार कम्पनीले ३ अर्ब डलर थप घा... विस्तृतमा

अमेरिकाले विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध लगायो

एजेन्सी, २९ असोज | अमेरिकाले विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध लगाएको छ । ग्यालेक्सी नोट सेभेन पड्कने समस्या भएपछि अमेरिकाको यातायात विभागले विमानमा यो फोन प्रतिबन्ध लगाएको हो ।  शनिबारदेखि यात्रुले यो फोन बोकन पाउने छैनन् । सामसुङले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द... विस्तृतमा

इन्टरनेट सुविधा विस्तार गर्न मोनाले जुटाए ५० लाख !

म्याग्दी, २८ असोज । पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् ।  म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्... विस्तृतमा

७५ जिल्लामै नेपाल टेलिकमको थ्रीजी इन्टरनेट सेवा

काठमाडौं, २० असोज नेपाल टेलिकमले ७५ जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा सेवा सञ्चालनमा आएपछि अब ७५ जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा बुधबार र सिमिकोटमा बिहीबारबाट यो सेवा संचालनमा ल्याएको हो । २०६... विस्तृतमा

प्राधिकरणले स्याटलाइटका लागि विश्वव्यापी प्रस्ताव माग गर्यो

काठमाडौं, २० असोज: सरकारले अन्तरिक्षमा स्याटेलाइट पठाउनका लागि नेपाल दुरसञ्चार प्राधिकरणले विश्वव्यापी आसयपत्र माग गरेको छ। ४५ दिनको सूचना प्रकासित गर्दै प्राधिकरणले स्याटालाइटसम्वन्धि काम गर्ने अन्तराष्ट्रिय संस्थाहरुलाई वोलपत्र मागेको हो। अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु)... विस्तृतमा

नेपाल टेलिकमको दसैँ, तिहारको ७ अफरहरू यस्ता छन !

काठमाडौँ, २० असोज ।  राष्ट्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले विगत वर्षहरूमाजस्तै यस वर्ष पनि हिन्दुको महान् चाड दसैँ, तिहार र छठको अवसरमा विभिन्न अफर तथा छुट दिने भएको छ ।  टेलिकमले दसैं, तिहार र छठलाई मध्यनजर गर्दै विभिन्न ७ प्रकारका अफर सार्वजनिक गरेको... विस्तृतमा

आइफोन ६ प्लस पनि पड्कियो

एजेन्सी, १९ असोज | चर्चित कम्पनीका स्मार्टफोन पड्किने समाचार दिनप्रतिदिन आइरहेका छन्। हालै सामसुङको फ्ल्यागसिप फोन नोट ७ पड्केपछि कम्पनीले फिर्ता लिन थालेको थियो। यसपछि आइफोन पनि पड्केको समाचार आउन थालेको छ। हालै आइफोन ६ प्लस पड्केको समाचार थुप्रै वेबसाइटमा आइरहेको छ र यसलाई उनीहरुले दाबीका... विस्तृतमा

मकै छोडाउन मेसिनको प्रयोग !

पाल्पा, १८ असोज । किसानले आधुनिक प्रविधिको प्रयोग गरी मकै छोडाउन थालेका छन् ।  मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् । ग्रामीण क्षेत्रमा परम्परादेखि हातले नै मकै छोडाउने चलन रहेकामा अहिले नयाँ प्रवि... विस्तृतमा

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने

एजेन्सी, १८ असोज | विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो। टेक क्रन्चकाअनुसार हाललाई ‘म्यासेन्जर डे... विस्तृतमा

एनसेलको बिबाद बढेपछि प्राधिकरणले नेपाल टेलिकमलाईमात्र अनुमति दिने

काठमाडौँ, १७ असोज | नेपाल दूरसञ्चार प्राधिकरणले फोर जी सेवा सञ्चालनको लागि नेपाल टेलिकमसँग ‘रोल आउट प्लान’ मागेको छ।  प्रविधि तटस्थ गरेर १८ सय मेगाहर्ज  ब्यान्डमा फोरजी सेवा सञ्चालनको लागि प्रस्ताव माग गर्दै टेलिकमलाई पत्रचार गरिएको प्राधिकरणका प्रवक्त मिनप्रसाद अर्यालल... विस्तृतमा

हराएको सामसुङको ग्यालेक्सी नोट–७ मोबाइलको विक्रि बितरण पुनः सुचारु

एजेन्सी, १७ असोज | सुरक्षाका कारण बजारबाट हराएको सामसुङको ग्यालेक्सी नोट–७ मोबाइलको विक्रि बितरण पुनः सुचारु भएको छ।  ब्याट्रीमा समस्या देखिएपछि सामसुङले नोट–७ को सबै मोबाइल बजारबाट उठाएको थियो। अब नोट–७ युरोपमा २८ अक्टुबरबाट विक्रिका राखिने कम्पनीले बताएको छ। मोबाइल च... विस्तृतमा

 २२० केभी क्षमताको दाना–खुर्कोट विद्युत् प्रसारण लाइन निर्माण सुरु

पर्वत, १५ असोज | २२० केभी क्षमताको दाना–खुर्कोट विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको ३८ किलोमिटर विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माण सुरु गरेको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com