Hidden
अस्ट्रेलिया डढेलो अपडेट : आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’
अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ ।
भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ ।
डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ ।
भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ ।
डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ ।
त्यस्तै १८ मानिससहित ५० करोड जनावर मृत्यु भएकाे छ ।
यसवर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भएको छ ।
उद्धारकर्मीहरू र दमकलकर्मीहरूले सकेसम्म धेरै व्यक्तिहरूको ज्यान जोगाउन प्रयास गरिरहेका छन्। तर, उद्धारकै लागि खटिएका उद्धारकर्मी र दमकलकर्मीहरूकै ज्यान जाने गरेको छ। आगो निभाउने क्रममा उच्च तापक्रमका कारण उद्धारकर्मीहरू र दमकलकर्मीहरूको ज्यान जाने गरेको बताइन्छ।
यसै बीच सन् २०१९ डिसेम्बर १८ मा आगो निभाउने क्रममा ज्यान गुमाएका अग्निनियन्त्रक जिएफ्री केइटनलाई मरणोपरान्त पदक प्रदान गरिएको छ। केइटनलाई मरणोपरान्त प्रदान गरिएको पदक उनका १९ महिने छोरालाई दिइएको हो।
सामाजिक संजालमा ती १९ महिने बालकले पदक लिँदै गरेका तस्विरहरु देखिएका छन्। अन्त्यस्टिका क्रममा मरणोपरान्त पदक जिएफ्री केइटनका छोरालाई प्रदान गरिएको न्यू साउथ वेल्स फायर सर्भिसेसले जनाएको छ।
तस्विर : सामाजिक संजाल
प्रकासित मिति