annapurna add

काठमाडौं : नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम आज (बुधबार) सैनिकमञ्च टूँडिखेलमा आयोजना गरिएको छ ।

Tundikhel 70 Prajatantra Diwasसैनिकमञ्चमा आयोजित ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७०, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपसभामुख अग्नि प्रसाद सापकोटा, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना उपप्रधान एवं रक्षामन्त्री, अर्थमन्त्री युवराज खतिवडा, श्रममन्त्री रामेश्वरराय यादवलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७० अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो । नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिएको छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिएको छ । साथै समारोहमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले शान्तिका प्रतीक परेवा उडाएका थिए ।

ज्ञात र अज्ञात सहिदप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, झाँकी प्रदर्शन र विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए ।

 

१०४ वर्षको जहानिया राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा बुधबार ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

diwasha 5diwasha 1diwasha 3diwasha 2diwasha 4

प्रकासित मिति

Loading...
Loading...

 

Loading...