Header

भूकम्प गएको १ वर्ष नाघ्यो अझै रोकिएन परकम्पन

shanta

आज पनि बिहानै परकम्पन

काठमाडौँ, २४ असार | आज बिहान करिब ४ बजेर ८ मिनेट जादा दोलखा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परक्म्पन  गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ | 

हिजो झन्डै तीन घन्टाको अन्तरालमा आज फरक स्थानमा दुई परकम्प गएका थिए । साँझ ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप र थाङ्पालकोट गाविसका बीच बच्छलादेवी केन्द्रबिन्दु भई ४.४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको थियो ।

गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४६५ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।  यसअघि लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज अपराह्न २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको थियो । परकम्पबाट तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com