Header

४१ वर्षपछि फ्रान्सलाई हराउँदै पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन

shanta

पेरिस, २७ असार | आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पराजित गर्दै पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा एडेरले १०९ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाएका थिए ।

article-3683538-36246FED00000578-111_964x390
सन् २००४ को फाइनलमा आफ्नै घरेलु मैदानमा ग्रिससँग स्तब्ध बनेको पोर्चुगलले त्यसको बदला फ्रान्ससँग उसैको मैदानमा लिएको छ । आयोजकको रुपमा यो उपाधि जित्ने फ्रान्स पछिल्लो टोली हो ।

फ्रान्सविरुद्ध पोर्चुगलको इतिहास पनि त्यति राम्रो थिएन । पछिल्ला ४१ वर्षसम्म पोर्चुगलले फ्रान्सलाई हराउन सकेको थिएन भने पछिल्ला १० खेलमा पोर्चुगल पराजित हुँदै आएको थियो । सन् १९७५ को मार्चमा पोर्चुगल पछिल्लो पटक विजयी बनेको थियो ।

1468186977344_lc_galleryImage_PARIS_FRANCE_JULY_10_Port

फाइनलमा पोर्चुगलको शुरुवात भने राम्रो भएन । खेलको शुरुवातदेखि नै फ्रान्सले पोर्चुगलमाथि दबाब राखेको थियो । खेलको आठौं मिनेटमा डिमिट्री पायेटले फल हानेपछि स्टार खेलाडी रोनाल्डो घाइते भए । खेलको २४ औं मिनेटमा उनी खेल छाड्न बाध्य बने । पहिलो हाफमा फ्रान्सले पोर्चुगलमाथि पूरै दबाब राखेको थियो । तर, पाएको अवसरको भने सदुपयोग गर्न सकिरहेको थिएन ।


खेलको दोस्रो हाफमा भने पोर्चुगलले सुधारिएको खेल प्रदर्शन गर्यो । रोनाल्डो बिना पनि बेलाबेला फ्रान्समाथि दबाब बनाइराख्यो । उता, फ्रान्सले भने एक पछि अर्को मौका गुमाइरहेको थियो । फर्ममा रहेका प्रतियोगिताका सर्वाधिक गोलकर्ता एन्टोनी ग्रिजमानले दुई सुन्दर अवसर गुमाए भने ओलिभर जिरुको प्रहारलाई गोलकिपर रुई प्याट्रिसियोले जोगाए । प्याट्रिसियोले फ्रान्सको धेरै प्रयास विफल बनाएका थिए ।

भाग्यमानी पोर्चुगल
फर्नान्डो सान्तोषको टोलीले ७ खेलमा छैटौंपटक निर्धारित समयमा बराबरी गरेर पनि प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । समूह चरणका तिनै खेल बराबरी गरेर तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको पोर्चुगलले अन्तिम १६ मो क्रोएसियालाई अतिरिक्त समयमा हराएको थियो ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com