Header

संसद् सुरु हुनुअगावै अविश्वासको प्रस्ताव दर्ता गरिने

shanta

काठमाडौँ, २९ असार । नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिए। 

केन्द्रको नयाँ बानेश्वरस्थित संसद्भवनमा आज बिहान बसेको संसदीय दलको बैठकपछि उनले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकारको बजेट पारित गराउन भने आफ्नो पार्टीले अवरोध नगर्ने बताए  । 

केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रम ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक ३ बजे बस्नेछ । 

नेता पोखरेलले केन्द्र र एमालेका बीचमा भएका नौबुँदे र तीनबुँदै भद्र सहमतिलाई प्रम ओलीले कार्यान्वयन नगरेको हुँदा आफ्नो पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको स्पष्ट पारे । 

अब बन्ने नयाँ सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुने र यसका लागि नेकाले सहयोग गर्ने उनले जानकारी दिए । रासस 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com