Header

साउन २ गतेदेखि ८ गतेसम्म निःशुल्क ग्यास सिलिन्डर साट्ने!!

mayank

काठमाडौँ, ३१ असार: कुनै कम्पनीको ग्यास सिलिन्डर साट्न नमिलेर यतीबेला धेरै मानिसहरु हैरान भएका छन । नाकाबन्दीका बेलामा लिएको ग्यास अहिले धेरैको घरमा थन्किएको छ । त्यस्ता ग्यास सिलिन्डरको लागी आइतबारदेखि उद्योगहरुले आफ्ना गोदामहरुमा सिलिन्डर साट्दैछन् ।

साउन २ गतेदेखि ८ गतेसम्म विभिन्न ग्यास कम्पनीका गोदममा सिलिन्डर साट्ने सूची तय भएको छ । विशेषगरी नाकाबन्दीका बेलमा उपत्यकामा भित्रिएका ग्यास सिलिन्डरलाई काठमाडौंमै साट्ने व्यवस्था मिलाइएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसका लागि कम्पनीलाई कुनै अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन ।

नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा भिएका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गरिएको संघले जनाएको छ ।

शक्ति, सहारा, मेची, त्रिशक्ती, कन्काई, रिजालको भान्छा, कामख्य, प्रिमा, कोशी, नोवेल जानकी, जगदम्वा, सुपर, लियो र अम्वर ब्राण्डका ग्यास सिलिन्डर साटिनेछ ।

यसैगरी राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट, नेपाली, नारायणी, आरती, स्वस्तिक, वुटवल पनि साटिने भएको छ । संघले सिलिण्डर खाली मात्र लिईने बताएको छ । सिलिण्डरको सट्टापट्टा निःशुल्क गरिनेछ ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com