Header

काँडा गुलाफको आलोचक मात्र हैन रक्षक हो

Suraj Dahal

suraj dahal, katipath writer

सुरज दाहाल

 काडा गुलाफको आलोचक मात्र हैन रक्षक हो ।
बोट बचाउनु छ तब न फुल फुल्छ ।
पिपलको जरा पात जति सुन्दर नहुन सक्दछ तर जमिन मुनि पसेर पिपलका पातहरु देखाउनु छ ।
प्रोफेसर गोविन्द केसि यदि स्वास्थ्य क्षेत्रको मुल जरा हुनुहुन्छ ।
उहा यदि कसैको नजरमा काडा हुनुहुन्छ भने त्यो पनि हामीलाई स्वीकार्य छ ।काडाले निष्पक्ष घोच्दछ किनकी बोट जोगाउनु छ ।
टाइगर सार्कले आफ्नै प्रजातीको सार्क खान्छ । पोलार बियर ले तनावग्रस्त हुदा आफ्नै प्रजातीको भोजन गर्दछ ।माकुराका बच्चाले आफ्नै आमा खान्छ्न यस्तै भएका छ्न डा भोला रीजाल लगायतका डाक्टरहरु !

नेपालमा एउटा ठूलो समूह तयार भएको छ जो सन्त प्रोफेसर केसीको हत्या गर्न चाहान्छ । त्यो आजको सत्ताधारी दल हो त्यो पुरै व्यवस्थापिका हो । त्यो न्यायपालिका पनि हुनसक्छ ।

प्रतिक्रियावादी माफियाको भोला रुप  - 
२०७३ साल श्रावण एकमा प्रोफेसर केसिका पक्षमा स्वतस्फूर्त हजारौं युवा सडकमा आए ।त्यसैको प्रतिक्रिया स्वरुप डाक्टर भोला रीजाल , हरिश न्यौपाने , सुरेसकुमार र राजेशकिशोर लगायतका तथाकथित डाक्टरहरुले जुलुस निकाले ।
संविधानत : सामुहिक रूपमा भेला हुन पाउने आन्दोलन गर्न पाउने अधिकार "भोला रीजाल एण्ड कम्पनी " सग छ तर " अनशन बसेको कोहि सत्याग्रहीका माग पूरा गरे आन्दोलन गर्छु भन्दै नाराबाजी भएको यो संभवत : संसारको इतिहासमा पहिलो घटना हो ।गान्धी जीले अनशन बस्दा अङ्ग्रेजले र्‍याली निकालेका थिएनन ।

प्रोफेसर जुन माफियाको संजाल विरुद्ध अनशनरत हुनुहुन्छ त्यो समूह सग सडकमा आउने नैतिक धरातल छैन । स्वभावतः त्यो समूह यस्ता पात्र अगाडी सार्दैछ जो समाजमा केही हद सम्म स्वच्छ थिए ।तर अब माफियाको संजाल जनता माझ अरु स्पष्ट हुदैछ । डा भोला मात्र हैन भोला अध्यक्ष रहेको स्वास्थ्य क्षेत्रका व्यापारीको समूह एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल पनि बदनाम हुन पुगेको छ ।

Govinda kc

स्वास्थ्य क्षेत्रका व्यापारीको समुहले विज्ञप्तिमा भनेको छ " डा केसीको आठौं अनसन अत्यन्तै अदूरदर्शी, दूरासयपूर्ण र ब्यक्तिगत स्वार्थमा निहित हो भन्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको बुझाइ छ ।"

पहिलो कुरा अब डाक्टर केसि डाक्टर केसी मात्र नभएर "डा केसिहरुमा रुपान्तरीत हुनुभएको छ ।" प्रोफेसर गोविन्द केसि सग कुनैपनी व्यक्तिगत सम्बन्ध नभएको प्रस्तुत पंक्तिकार श्रावण एकको र्‍यालीमा स्वयं उपस्थीत थियो । सयौ नेपाली युवाले एक साथ भने " डा केसी पागल हो भने हामी पनि पागल हौ ।" 
भ्रामक मिडिया प्रचारबाजी देखेपछी लाग्यो केही लेख्नै पर्छ ।
सत्य सधैभरी मौन नबस्न सक्दछ ।

के साच्चै डा केसीको अनशन दुराशयपुर्ण अदुरदर्शी र व्यक्तिगत स्वार्थमा सिमित छनत ?

'डा केसीहरु'को माग यसप्रकार छ - 
-उदाहरणको लागि एउटा कालिकोटको गरिब परिवारको एक जेहेन्दार विधार्थीले सरकारी शिक्षण संस्थामा डाक्टर पढन सक्ने बौद्धिक क्षमता हुदा हुदै आर्थिक कारणले पढन पाउदैन । डाक्टर केसीले "सबै सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट निस्शुल्क गरियोस" भन्नुभएको छ ।के यो दुराशयपुर्ण छ ? 
-डा केसीहरुले सबै प्रदेशमा कम्तीमा "एउटा सरकारी मेडिकल कलेज" पुर्‍याइयोस भन्नू भएको छ ।के यहाँ "अदुरदर्शीता " छ ? राजधानी र केही शहरमा मेडिकल शिक्षाको व्यापार गर्ने केही भोला व्यापारी बाहेक यसबाट कसैलाई घाटा छैन ।

govind kc strick

-डा केसीहरुले " काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नया सम्बन्धन नदिने र मनसायपत्र पाएकाहरूको मनसायपत्र नवीकरण नगरियोस ।" भन्नू भएको छ । मेडिकल शिक्षाको तिव्र व्यापारीकरण रोक्न र " काठमाडौमा बेरोजगार डाक्टर तर डाक्टर विहिन कर्णाली " को अवस्था अन्त्य गर्न यो भन्दा दुरदर्शि कदम केही छ। 
यो प्रष्ट छ अबको दश वर्षसम्म नया मेडिकल डेन्टल र नर्सिङ कलेज खोल्न दिने हो भने बिरामी उपचार गर्ने डाक्टर हैन " बिरामी डाक्टरको भिड जम्मा हुनेछ ।त्रिवि शिक्षण अस्पताल सहित सरकारी मेडिकल कलेजहरु निजीकरण गरेर माफियाको हातमा सुम्पने तयारी हुदैछ ।
-डा केसिहरुको अर्को माग छ " अधिकतम शुल्क र सिट यो वर्ष शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू र मेडिकल काउन्सिलले निर्धारण गरेझैं हुने व्यवस्था गरियोस ।" 
अनियन्त्रित शुल्क असुल्ने तर उचित प्रयोगशाला सम्म नभएका मेडिकल कलेजहरु लाई नियन्त्रणमा राख भन्ने माग कुनै हालतमा गलत हुन सक्दैन ।

प्रिय पाठक , तपाई स्वीकार गर्नुस वा अस्वीकार देश भ्रष्टाचारको दलदलमा फसेको धेरै भयो । देशको भ्रष्टाचारले मौलाएको भ्रष्टाचार त्यति जोखिमपूर्ण हुदैन जति भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा मौलाएको भ्रष्टाचार हुन सक्दछ । अरुले अख्तियार दुरुपयोग गरे त अदुअआ- अख्तियार दुरुपयोग अनुसान्धन आयोग ले समात्ने अदुअआका अधिकारी  आफै भ्रष्ट भए कसले समात्ने ? 
संविधानत : संसदले 
तर भ्रष्ट सग दोस्रो भ्रष्ट लाई भ्रष्ट भन्ने नैतिक आधार हुदैन ।आज देशमा यहि भएको छ । लोकमान विरुद्ध बोले पोल खुल्ने डर छ फलतः व्यवस्थापिका / संसद देखि सरकार सम्म लोकमानको नियन्त्रणमा पुगेको छ । डा केसीहरुको सबैभन्दा साहसिक र ऐतिहासिक माग छ - " .  आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेका, भ्रष्टहरूलाई संरक्षण दिएका र अरू जिम्मेवार पदाधिकारीहरूलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआ प्रमुख लोकमानसिंह कार्कीमाथि तत्काल संसद्ले महाभियोगको प्रक्रिया अघि बढाओस् । र, सम्बन्धित आयुक्तहरूलाई पनि कारबाही गरियोस ।" 
कति पिडादायक छ यथार्थ भ्रष्ट प्रशासक लाई कारबाही होस भनेर नागरिक अनशन बस्न पर्छ जबकि यो देशमा छ सय संसद छ्न ! 
भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाका प्रमुखले आफू भ्रष्ट छैनन भने सार्वजानिक रूपमा प्रमाणित गर्न सक्नुपर्छ ।
उदाहरणत: लोकमानले भ्रष्टलाई संरक्षण दिएको छैनन भने आफू नियुक्त भएदेखी कति ओटा भ्रष्ट नेता , पुर्वमन्त्री वा प्रधानमन्त्री समाते देखाउन । 
अख्तियार प्रमुख मुख्य राजनितीक दल सग मिलेर संगठित भ्रष्टाचारको मतियार बनेका छ्न ।
अख्तियार प्रमुख लाई समान्तार परिक्षा लिने छुट कसले दियो ? 
डा गोविन्द केसिहरुको यो संघर्ष मेडिकल शिक्षा क्षेत्रमा मात्र केन्द्रित नभएर देशको लोकतन्त्र र भ्रष्टाचार मुक्त नेपालको परिकल्पना सग जोडिएको छ ।
लोकमान नै अन्तिम विकल्प हैनन हिजोका अख्तियार प्रमुखले पनि चलाएका थिए र भोलि आउने स्वच्छ छविको व्यक्तिले पनि चलाक छ्न ।
२०७२ असार चौधमा माथेमा आयोगले बुझाएको प्रतिवेदन विपरीत एमाले निकट डाक्टर र लगानीकर्ताहरुले मनमोहन प्रतिष्ठान खोल्न लागि परेका छ्न । डा केसीको एउटा माग यो पनि होकि "माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गरियोस ।"
पटकपटक अनशन किन भन्नेहरू लाई उत्तर यहि हो " सातै अनशन सम्मका उपलब्धी रक्षा गर्न पनि डा केसि सग आठौं अनशनको विकल्प थिएन ।"

यो आम जनता मौन बस्ने हो भने डा केसि एक्लैले आफ्नो नैतिक बलमा मात्र जित्ने युद्ध हैन । 
जसले जहा बाट सकिन्छ त्यसले त्यहा बाट डा केसिहरुका पक्षमा उभिन जरुरी छ ।
यदि हामीले सन्त प्रोफेसर गोविन्द केसी र उहाले कठिन संघर्ष बाट नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा गरेका सुधार गुमायौ भने धेरै हैन पाँच वर्ष भित्रमा नेपालका भ्रष्ट राजनितिक दलले त्रिवि शिक्षण अस्पताल पनि आफू निकट व्यापारीलाई बेचेर निजीकरण गर्नेछ्न । 
देशमा बिरामी र मृतकको व्यापार मौलाएको धेरै भयो अरु विकराल रूपमा स्वास्थ्य शिक्षा र सेवाको व्यापार हुनेछ ।
प्रोफेसर केसी एक्लै देश बोकेर अनशनमा हुनुहुन्छ ।आज नेपालमा डा केसी हैन डा केसी भित्र पूरा नेपाल छ ।हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी सबै डा केसीको साथमा । शुभमस्तु । @NepaliHuman

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com