Header

प्रचण्डले आज सपथ लिंदै, पहिलो चरणको मन्त्रीमण्डल आजै विस्तार हुने

som

कांग्रेस र माओवादीका ५ देखि ७ मन्त्री बन्ने

काठमाडौँ २० साउन - नेकपा माओवादी (केन्द्र) का अध्यक्ष तथा  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र माओवादीबाट करिब  ७ जना मन्त्रीसहित आज पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छन्।

संसदको  पहिलो ठूलो दल नेपाली कांग्रेससहित  मधेसी मोर्चा, राप्रपा नेपाल लगायतका दलको समर्थनमा हिजो  बुधबार नेपालको ३९ औं प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले आफूसँगै प्रमुख दुई दलबाट सानो संख्यामा मन्त्री नियुक्त गरी आजैबाट शासन संचालनको जिम्मा लिन लागेका हुन्।

प्रथम चरणमा  कांग्रेसबाट ३-४  जना  र माओवादीबाट २-३  जनालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको श्रोतले जनाएको छ ।

माओवादीले अर्थसहित सञ्चार, ऊर्जा, शान्ति तथा पुनःनिर्माण, कृषि मन्त्रालय पाउने पक्कापक्की छ तर  स्थानीय विकास, सामान्य, कानुन र शिक्षामा पनि आफ्नो दाबी गरिरहेकाले अन्तिम निर्णय भने हुनसकेको छैन ।

कांग्रेसको नेतृत्व गर्दै विमलेन्द्र निधिलाई सरकारमा पठाउने कंग्रेस्सको तयारी छ । निधिलाई सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रालयको जिम्मेवारी रहेको कांग्रेस  श्रोतको  भनाइ  छ । यता कांग्रेस नेता शेखर कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारीमा देउवा रहेको श्रोत बताउछ ।

माओवादीका तर्फबाट भने नेता कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी दिने  माओबादी केन्द्र  श्रोतको योजना छ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपरान्ह तीन बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोनीयताको शपथ लिँदै छन् । उनले सोही अवसरमा नयाँ मन्त्रीहरूलाई पनि शपथ खुवाउने छन  । 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com