Header

तीन तला माथिबाट फालेर मलेसियामा एक नेपालीको हत्या

काठमाडौं, २२ साउन । मलेसियामा एक नेपालीको हत्या भएको छ । हिजो दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो ।

जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए । होस्टलमा सुतीरहेका चौधरीलाई मोटरमा आएका दुईजना हतियारधारी समूहले होस्टलको तीनतला माथिबाट फालिदिएका थिए । चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिनुभएको छ ।

तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् ।

घटनास्थलबाट प्रहरीले शवलाई लिएर गएको छ । घटनाको सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको बस्नेतले जानकारी दिनुभयो ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com