Header

बालुवाटारमा ओलीको खाजा खर्च ६० लाख!! खाजा खर्चमै ब्रमलुट

काठमाडौं, २३ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीका रुपमा व्याख्या गर्दैगर्दा सुशासन र दैनिक प्रशासन सञ्चालनको दृष्टिकोणमा भने उनको कार्यकाल निकै खराब देखिएको छ । नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताको पक्षमा ओलीको सकारात्मक भूमिका र प्रशंसा जति छ, कार्यकर्तालाई पैसा बाँड्न र आर्थिक अनियमितता गर्नमा उनको भूमिका त्यति नै नकारात्मक देखिएको छ, यो ९ महिने अवधिमा ।

PM-Bill3

दिनभर आर्थिक मितव्ययिता अपनाउन आहृवान गर्ने पूर्वप्रधानमन्त्री ओलीले बालुवाटार छिरेपछि विभिन्न शीर्षकमा राज्यकोषको दोहन गरेको पाइएको हो । जाँदा जाँदै प्रधानमन्त्री ओलीले बालुवाटारमा विभिन्न मितिमा बसेको वैठकको खाना, खाजा र नास्ता खर्च शीर्षकमा करिब १८ लाखको बिल पेश गरेका छन् ।

उनले एउटै मितिमा यति ठूलो रकमको खाजा-खानाको विल पेश गरे पनि यसरी सार्वजनिक गरेको विल कुन महिनाको हो र विभिन्न समयमा कतिवटा मिटिङको खाजा-खाना खर्च हो भन्नेकुरा भने खुलाएका छैनन् ।

बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रा.लि, अनमोल क्याटरिङ सर्भिस प्रा.लि. र सोल्टी होटलको विल भुक्तानी गर्ने गरी ओलीले साउन २० गते १८ लाखको खाजा खर्चको बिल पेश गरेका हुन् ।

PM-Bill1

एकै रात ९ लाख ६७ हजारको भोज

यसअघि प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा रात्री भोजका नाममा एकै रात ९ लाख ६७ हजार राज्यकोषको पैसा खर्च गरेका थिए ।

नयाँ बर्ष ०७३ को अवसरमा एउटा भोज गर्दा बालुवाटारमा ९ लाख ६७ रुपैँया सिध्याएको प्रधानमन्त्री कार्यालयले असार १९ गते सार्वजनिक गरेको बिलमा उल्लेख छ ।

करिब १० लाख रुपैँयाले कणर्ालीमा रहेको एउटा छोटो दुरीको तुइनलाई झोलुंगे पुलले विस्थापित गर्न पुग्छ । तर, यति पैसा ओली सरकारले एउटै भोजमा उडाउने गरेको थियो ।

PM-Bill2

असारमा ४ लाख ३ हजारको खाजा

गत असार महिनामा प्रधानमन्त्री निवास वालुवाटारमा केपी शर्मा ओलीले खाजामा मात्रै ४ लाख ३ हजार खर्च गरेका थिए । असार २७ गते प्रधानमन्त्री निवासको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ३ हजारको बिल भुक्तानी गरेको थियो ।

हरेक महिना कम्तिमा ३ लाख र बढीमा ९ लाखसम्म खाजा खर्च शीर्षकमा विल पेश गर्दै भुक्तानी लिएको देखिन्छ । ओलीको सचिवालयले जाँदाजाँदै यही शीर्षकमा पुन १८ लाखको बिल पेश गरेर गएको छ ।

ओलीले बाँडेका सपनाहरु

नौ महिनामा पूर्वप्रधानमन्त्री ओली जनताबीच राष्ट्रवादी र विकासप्रेमी प्रधानमन्त्रीको छवि बनाएर विदा भएका थिए । भारतीय नाकाबन्दीले देशमा इन्धन संकट ब्यहोरिरहँदा पूर्वप्रधानमन्त्री ओलीले नेपालले आफ्नै पेट्रोल खानी उत्खनन् गर्ने घोषणा गरे । उर्जा संकट अन्त्यका लागि हावाबाट विजुली निकाल्ने घोषणा गरेका थिए । उनले वालुवाटारमा खाजाका लागि गरेको खर्चमा मितव्ययिता अपनाएका भए, त्यहाँ खर्च भएको पैसाले करिब ५ हजार जनसंख्यालाई पुग्नेगरि विद्युत उत्पादन गर्न सकिन्थ्यो ।

ओलीले खाजा खर्च शीर्षकमा मात्र वालुवाटारमा नौ महिनामा करिब ६० लाख भन्दा बढी खर्च गरेको स्रोतको दावी छ ।

यस्तै ओलीले आर्थिक मितव्ययिता अपनाउन आहृवान गरेका थिए तर, दिनभरि मीठा सपना देखाउने उनले सरकारी निवासभित्र भने राज्यकोषमा मितव्ययिता देखाउन सकेनन् ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com