Header

मध्यरातमा मिल्यो नेविसंघको विवाद ,भोलि उम्मेदवारी दर्ता, पर्सी चुनाव

काठामाडौं, २६ साउन । नेपाल विद्यार्थी संघको प्रतिनिधि छनौट विवाद मिलेको छ । अब आजै प्रतनिधिहरुको सूची प्रकाशित गरिनेछ भने भोलिवाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी छ ।

निर्देशक समितिको बैठकमा राति २ बजेतिर सहमति भएर विवाद मिलेकाले अाजै भोटर लिस्ट प्रकाशित हुने कांग्रेस केन्द्रीय सदस्य एवं निर्देशक समितिका सदस्य प्रदिप पौडेलले बताउनु भयो  ।

पौडेलका अनुसार अनसनकारीहरुको अधिकांश माग सम्बोधन भएको छ । र, आजै अनसन तोडाउने तयारी छ । प्रतिनिधि छनौट फर्जी भएको लगायतका माग राख्दै नेताहरु अनसनमा बसेका थिए । यो विवाद पार्टीको गुटहरुसम्म जोडिएकाले अधिवेशन उद्घाटन भएको दुई दिनसम्म पनि बन्द सत्र सुरु हुन सकेको थिएन ।

के भयो सहमति ?

निर्देशक समितिका सदस्य पौडेलका अनुसार १३ जिल्लाको नेतृत्व खारेज गर्नु पर्ने मागबारे अब बन्ने केन्द्रीय समितिले अध्ययन गरेर गलत देखिए खारेज गर्ने सहमति भएको छ । ११ जिल्लाको सहभागिताका सन्दर्भमा छुटेका स्वभाविक नेताहरुलाई समावेश गर्ने समझदारी भएको छ ।

अहिले भएका कसैको पनि नाम काटिएको छैन । ११ जिल्लामा छुटेकाहरु स्वभाविक रुपमा नेविसंघको नेता भएकाहरुलाई ल्याउने कुरा भएको पौडेललेको भनाई छ । बाँकी छुटेकालाई अध्यक्षले ३० जना मनोनित गर्न पाउने व्यवस्था छ । त्यसमा पनि समावेश गर्ने समझदारी भएको छ ।

भोलि उम्मेदवारी, पर्सी चुनाव

निर्देशक समितिमा भएको सहमति सैद्धान्तिक मात्र भएको र व्यक्ति टुंगो लगाउन बाँकी रहेका नेता कुन्दन काफ्लेले बताए । उनका अनुसार यसका लागि आज दिनभर समय लाग्न पनि सक्छ ।

प्रतिनिधिहरुको सूची सार्वजनिक गरेपछि आजै केहीबेर बन्द सत्र गराउने तयारी छ । नेतृत्व चयन प्रक्रिया भोलिबाट सुरु हुनेछ । भोलि मनोनयन दर्ताको सबै प्रक्रिया पुरा गरेर पर्सी चुनाव गर्ने तयारी छ ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com