Header

" प्रचण्डले लिखित निवेदन लिएर आउनुभएमा देश विकास गर्ने पैसाको स्रोत म देखाइदिन तयार छु": ओली

काठमाडौं,२६ श्रावण: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच ठाउँमा ल्याप्चे लगाएर म्यादी सरकारको प्रधानमन्त्री बनेको आरोप लगाएका छन् । नौ महिना सरकारको नेतृत्व गरेर बाहिरिएपछि पहिलो पटक पार्टी मूख्यालय बल्खुमा पत्रकारहरुसामू उपस्थित भएका ओलीले देशदेखि विदेशसम्मका शक्तिसामू दायाँ बायाँ ल्याप्चे लगाएर प्रचण्ड प्रधानमन्त्री बनेको बताए ।

‘मलाई म्यादी सरकारको प्रधामन्त्री भन्नेहरुले थाहा पाउनुपर्ने कुरा प्रचण्डको सरकारचाहिँ लिखित म्यादी हो’, प्रेस चौतारी नेपालले गरेको अन्तरसम्वादमा उनले भने, ‘यो सरकारमा जानका लागि प्रचण्डले धेरै ठाउँमा ल्याप्चे ठोकेका छन् । यो सरकारको रिमोट कहाँबाट चलिरहेको छ भन्ने कुरा पनि अब छर्लङ्ग भइसकेको छ ।

प्रचण्डले प्रधानमन्त्री हुने क्रममा व्यवस्थापिका संसद्मा बोल्ने क्रममा विकास गर्न पैसाको स्रोत नभएको भनी दिएको अभिव्यक्तिप्रति ओलीले कडारुपमा कटाक्ष गरे । प्रचण्डले आफूकहाँ निवेदन लिएर आएमा विकास गर्ने पैसाको स्रोत देखाइदिने ओलीले बताए ।

‘प्रचण्डजीले गम्भीरतापूर्वक पैसाको स्रोत देखाइदिन आग्रह गर्नुभएमा या लिखित निवेदन लिएर आउनुभएमा देश विकास गर्ने पैसाको स्रोत म देखाइदिन तयार छु’, उनले भने, ‘अबका कम्तिमा दुईदेखि तीनवटासम्म सरकारसँग मेरो नेतृत्वको सरकारले अघि बढाएका विकास योजनालाई कार्यान्वयन गर्ने भन्दा अर्को विकल्प छैन । अबका सरकारले मैले खनेकै बाटोमा हिँड्ने हो, अर्को बाटो खन्न सम्भव छैन ।’

प्रचण्ड सरकार तमासा गर्दैछ 
देश विकास र राजनीतिक स्थायित्वतर्फ लम्किरहेका बेला विदेशीको इशारामा प्रचण्डले आफ्नो सरकार ढालेको आरोप लगाउँदै ओलीले अहिलेको सरकारले तमासा गरिरहेको आरोप लगाए ।

आफ्नो सरकारको पालामै मधेसमा आन्दोलनमा मारिएकाहरु र घाइते भएकाहरुलाई राहत तथा उपचार खर्च दिइसकेको बताउँदै ओलीले प्रचण्ड नेतृत्वको सरकारले फेरि राहत दिने भन्दै तमासा गरिरहेको बताए ।
‘मृतकका परिवारले दस लाख पाइसके, घाइतेको देशमा मात्रै नभएर विदेशमा पनि लगेर उपचार भइसक्यो’, ओलीले भने, ‘अहिले आएर फेरि १० लाख दिने निर्णय गर्नु यो कस्तो तमासा हो ?’

ओलीले एक पटक राहत पाइसकेपछि फेरि राहत माग्ने मधेसवादी दलमाथि पनि निशाना साँधे । ‘एक वर्षअघिको घाइतेको अहिलेसम्म कसरी उपचार नगरी बस्न मिल्छ ? मान्छे घाइते भएको हो उपचार भइसक्यो, फेरि राहत दिने भनेर कस्तो तमासा गरेको ?’, ओलीको प्रश्न थियो, ‘पार्टी त पक्कै घाइते भएको होइन होला ? मृतक र घाइतेका नाममा फेरि राहत मागेर मधेसवादी दलले के गर्न खोजेका हुन् ?’

बालुवाटारको कुचो र नाङ्लो लगेर गयो भने 
एमाओवादी र त्यसका अध्यक्ष प्रचण्डप्रति कडारुपमा प्रस्तुत भएका ओलीले आफ्नो सरकारको काममा खोट लाउने ठाउँ नभएपछि आफूमाथि सरकारी सामान लगेको घटिया आरोप लगाइएको जिकिर गरे ।

केही सञ्चारमाध्यमहरुले बालुवाटारस्थित सरकारी निवासबाट घरायसी प्रयोजनका सामान ओली र एमाले कार्यकर्ताहरुले लगेको भन्दै समाचार लेखेपछि ओलीले त्यस्तो काम पत्रकारका नाममा कलंक भएको टिप्पणी गरे ।

‘बालुवाटारका सामान लिएर गयो भन्दै समाचार आएको थाहा पाएँ, ओलीले बालुवाटारबाट कुचो र नाङ्गलो लिएर गएछ भन्ने नितान्त तल्लोस्तरमा झरेर सरकारले घटिया काम ग¥यो’, ओलीले भने, ‘मैले सबै सरकारी सामान खाता हेरेर, रेकर्ड हेरेर बुझाएको छु । अन्यत्रको फोटो हालेर कु–प्रचार गरिनु भनेको कुनै ठाउँ नपाएर बदनाम गर्ने प्रयास मात्र हो ।’

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com