Header

नेविसंघ नेताबाट प्रचार प्रसारमा भारतीय गाडीको प्रयोग

२६ साउन, काठमाडौं: भारतीय नम्बर प्लेटको एउटा गाडि भद्रकाली हुँदै सिंहदरवारतर्फ अगाडि बढ्यो । तर, प्रहरीले त्यसलाई फर्काइदियो । नेपालमा भारतीय नम्बर प्लेटका गाडी निर्वाध चल्नु सामान्य हो तर, नेविसंघको महाधिवेशन प्रचार प्रसारमा प्रयोग भएको सो गाडी प्रहरीहरुले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारतर्फ अगाडि बढ्न दिएनन् । नेविसंघको महाधिवेशनमा अहिले भारत विहारको नम्बर प्लेट लगाइएको स्कार्पियो गाडी प्रयोग भइरहेको छ ।

गाडीको अगाडि नेविसंघको झण्डा र पछाडि आफ्नो फोटो अंकित ब्यानर राखेर नेताहरु हुइँकिन्छन् । भारतीय गाडी प्रयोग गर्नेमा अध्यक्ष पदका दाबेदार शुभराम बस्नेत पनि हुन् । उनले गाडीको पछाडिपट्टी नेविसंघको झण्डा र तल आफ्नो नाम अंकित ब्यानर राखेका छन् । मशाल र कलम अंकित नेविसंघको झण्डाको तल रातो ब्यानरमा लेखिएको छ ‘शुभराम बस्नेत अध्यक्ष पदका दाबेदार ।’ बस्नेत कांग्रेस नेता खुमबहादुर खड्का निकट मानिन्छन् । उनी शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com