Header

दुई उप्रप्रधानमन्त्रीलाई भारत र चीन पठाउदै प्रधानमन्त्री प्रचण्ड

काठामाडौं, २७ साउन । सरकारले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन दुई उप्रप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि उपप्रधानमन्त्री एवम् सरकारका प्रवक्ता महराले छिट्टै भारत र चीन जाने बताए पनि कहिले जाने भन्नेबारे भने प्रस्ट पार्नु भएन ।  ।

यस्तै सरकारले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ । कालोबजारी नियन्त्रण गर्न कानुनहरु अभाव भएको भए वा कारवाही सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानुन मन्त्रालयलाई पनि मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com