Header

विश्व क्रिकेट लिग च्याम्पियनसीप : आज नेपाल भर्सेस नेदरल्याण्ड्स

Paras vs Malik

काठामाडौं, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको पहिलो खेलमा नेपालले आज आम्स्टलभीनमा घरेलु टोली नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

एकदिवसीय लिष्ट ए मा नेपाल र नेदरल्याण्ड्सबीच यो तेस्रो भेट हो । यसअघिका दुई भेटमा दुवै टोलीले एक एक खेलमा जित हासिल गरेका छन् । यद्यपि टी-ट्वान्टी फर्म्याटमा भने नेदरल्याण्ड्स अगाडि छ ।

नेपाल र नेदरल्याण्डबीच अर्को दोस्रो खेल पर्सी हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने लक्ष्य राखेको नेपालका लागि दुबै खेल निकै महत्वपूर्ण छ । जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टोलीले कम्तिमा एक खेल जित्ने लक्ष्य बनाएको छ ।

यदि नेदरल्याण्ड्सले घरेलु मैदानमा नेपालबिरुद्ध जित हासिल गर्ने हो भने उसका ओपनिङ ब्याट्सम्यान स्टेफन माइबर्गको भूमिका महत्वपूर्ण हुनेछ । कम्तिमा यसअघिको इतिहासले यहि बताउँछ । नेपालबिरुद्ध उनको प्रदर्शन यसअघिका खेलहरुमा अस्वभाविक छ ।

गत बर्ष भएको चार टी-ट्वान्टीको शृङखलामा उनलाई नेपाली बलरले आउट गराउनै सकेका थिएनन् । श्रृंखलामा उनले २ खेलमात्र खेलेका थिए, जसमा पहिलोमा ६७ र तेस्रोमा ७१ रनको अविजित पारी खेलेका थिए ।

माइवर्ग सामान्यतः सुरुवाती ब्याटिङमा आउँछन् । उनले नेपालका ओपनिङ बलर सोमपाल कामीको सामना गर्नेछन् । बायाँहाते स्पिनर अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै कम भेटिन्छन् । बायाँ हातको स्पिनर शैलीले बललाई एक अजीव कोण बनाउँछ ।

माइकल रिप्पोन तिनै खेलाडीहरुमध्येका एक हुन् । उनी ब्याट्सम्यानलाई खुल्न नदिइ घातक बलिङद्वारा विपक्षीको इनिङ ध्वस्त पार्छन् ।नेपालका सबैभन्दा अनुभवी ब्याट्सम्यान शरद भेषावकार र रिप्पोनबीचको खेल दर्शनीय हुनेछ । 

यस्तै अशान मलिक तीव्र बलिङ गर्छन् र विपक्षीलाई सहज रुपमा रन दिँदैनन् । फाष्ट पिचमा बिशेष गरी नेपालबिरुद्ध उनी प्रभावशाली बन्न सक्छन् । नेपालका लागि शरद र ज्ञानेन्द्रको पनि विकेट सामेल छ ।

नेपालका कप्तान पारस खड्का पनि तीव्र गतिबा बलरबिरुद्ध ब्याटिङ गर्न माहिर मानिन्छन् । तर, उनी रन रेट सुधार गर्न लाग्दा आउट हुने गरेका छन् । यसैका कारण यी पारस र मालिकबीचको खेल रोमाञ्चक हुन सक्ने अनुमान गरिएको छ ।

तर यो म्याचमा डच कप्तान पिटर बोरेन खेल्छन् या खेल्दैनन् अझै निश्चित भइसकेको छैन । यदि यी अलराउण्डर प्लेयरले खेले भने नेपालको पूरै टिम र उनकोबीचको प्रतिस्पर्धाजस्तो देखिन सक्छ ।

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com