Header

डब्लुसीएल दोश्रो खेलमा नेपाल नेदरल्याण्डसंग १९ रनले बिजयी

काठमाडौँ, ३१ श्रावण: आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएल) अन्तर्गत नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा नेपाल बिजयी भएको छ। टस हारेर पहिलो ब्याटिंग गरेको नेपालले ५० ओवरमा ९ विकेट गुमाउदै २१७ रन जोड्न सफल भएको थियो।  २१८ रनको लक्ष्य लिएर मैदानमा आएको नेदरल्याण्डलाई  ४८ दसमलब ३ ओवरमा सम्पूर्ण विकेट गुमाउदै १९८ रन मात्र जोड्न सफल भए भए पछि १९ रनले पराजित भएको हो।  नेपालका तर्फ बाट शक्ति गौचन, सागर पुन र सन्दिप लामिछानेले १  र सोमपाल कामी, बसन्त रेग्मी र कप्तान पारस खड्काले २ विकेट लिएका छन्।

नेपालका तर्फ बाट ओपनर ज्ञानेन्द्र मल्लले ५२ बलमा ३९ रन जोड्दै आउट भएका थिए भने अनिल मण्डल ३३ बल खेलेर मात्र ४ रन जोड्न सफल भए। त्यसै गरि शरद भेस्वाकर १५ बल खेलेर मात्र ६ रन बनाउन सफल भए । क्याप्टेन पारस खड्काले ९४ बलमा सर्वाधिक ८४ रन बनाउन सफल भए। सागर पुनले ४५ रनको योगदान दिए भने  बिनोद भण्डारीले १४ बलमा १७ रन बनाए। नेपालका तर्फ बाट अरु ब्याट्सम्यानहरु चल्न सकेनन्।  नेदरल्याण्डका तर्फ बाट रिप्पोन्ले सर्वाधिक ४ विकेट लिएका छन्। 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com