Header

बिहान ८ बजेदेखि गर्ने भनिएको नेविसंघको मतदान प्रक्रिया अझै सुरु हुन सकेन्

काठमाडौँ, १ भदौ ।

नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्रक्रिया प्राविधिक कारणले अहिलेसम्म सुरु हुन सकेको छैन । 

सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतदान गर्ने कार्यक्रम सार्वजनिक भएको थियो । 

केही पदमा विद्युतीय उपकरण तथा केही पदमा कागजी मतपत्रद्वारा मतदान गराउन निर्वाचन समितिलाई प्राविधिक समस्या देखिएपछि मतदान सुरु हुन नसकेको बताइएको छ । 

अध्यक्षमा आठजनाले उम्मेदवारी दिए पनि पदमराज पन्तले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की प्रतिस्पर्धामा रहनुभएको छ । 

त्यसैगरी, महामन्त्रीमा छ जनाले उम्मेदवारी दिए पनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहनुभएकोे छ । 

त्यस्तै कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको छ । 

मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित हुनुभएको छ । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी ५०० भन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

सङ्घको ११ औँ महाधिवेशन उद्घाटन भएको १० दिनपछि नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको थियो । नौ वर्षपछि भएको सङ्घको ११आँै महाधिवेशन नेकाका पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते उद्घाटन गर्नुभएको थियो । 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com