Header

किन खटायो भारतले दुईवटा विशेष दुत ? यस्तो छ रहस्यमय कारण !

काठमाडौं ९ भदौ । संविधान संशोधनको पक्षमा माहौल बनाउन भन्दै भारतले नै ‘दूत’ खटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अव आफूले पहिलेजस्तो गल्ती नगर्ने र भारतले भनेकै जस्तो गरेर संविधान संशोधन गर्ने’ ब्यहोराको पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमलेन्द्र निधिमार्फत थमाएपछि भारतले यस्तो पहल थालेको राजनितिक विश्लेषकहरुको अनुमान छ ।

नेपाल भारतसँग ‘सन्धी अनुबन्धित’ राष्ट्र भएकाले नाकाबन्दीको विरोध गर्न नहुने विचार सार्वजनिक गर्ने दमननाथ ढुंगाना र जातिगत विभाजनको आन्दोलनका अभियन्ता पद्मरत्न तुलाधार सहितको टोलीलाई भारतले दूत बनाएर अचानक खटाएको जानकारहरु बताउछन् । संविधान संशोधनको खाका दिल्लीमै तयार गरेपछि ढुंगाना र तुलाधरको टोली अहिले विभिन्न दलका नेताको घरदैलो मार्फत उक्त खाका लिएर संशोधनको गृहकार्य गरिरहेका र एमालेको सहमति बिना संविधान संशोधन हुन नसक्ने बुझेपछि ढुंगाना र तुलाधरलाई एमाले नेताको दैलो चहार्न खटाइएको हो राजनीतिक वृतमा चर्चा चल्न थालेको छ। 

नेकपा एमालेले भने संविधान संशोधन देशको आन्तरिक मामिला भएकाले कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मूल कानून संशोधन हुन नसक्ने निर्णय लिएको छ । 

गत १५ अगस्टमा भारतीय स्वतन्त्रता दिवस पारेर भारतीय दूतावासले ढुंगाना र तुलाधरलाई भारतीय राजदूत रञ्जित रेको हातबाट विशेष सम्मान गरेको थियो । त्यसबेला पूर्व सभामुख रहीसकेका ढुंगाना र पूर्वमन्त्री तुलाधरलाई राजदूतले सम्मान गर्ने कुरा प्रोटोकल विपरित भएको भन्दै आलोचना समेत भएको थियो । हाल ढुंगाना र तुलाधर नेपाल पिस इन्ष्टिच्युट नामको गैर सरकारी संस्था सञ्चालन गर्छन् ।

पञ्चायत कालमा युवक संगठन, महिला संगठन जस्ता वर्गीय संगठन दर्ता गर्न बनेको ‘राष्ट्रिय निर्देशन ऐन’ अन्तर्गत यो संस्था दर्ता भएको छ । यस ऐन अन्तर्गत दर्ता हुन गृह मन्त्रालयको सिधा स्वीकृति भए पुग्छ, वार्षिक  लेखापरीक्षण गर्नु पर्दैन वा संस्थाहरुको नियमन गर्ने समाज कल्याण परिषदसँग कुनै सम्बन्ध राख्नु पर्दैन । 

यसअघि ढुंगाना र तुलाधरद्वय ‘नेपाल ट्रान्जिसन टु पिस’ नामको संस्थामा आवद्ध थिए र यो संस्थालाई स्वीस तथा अमेरिकी सहयोग प्राप्त थियो । उक्त सहयोगको अवधी सकिएपछि नयाँ तरिकाले नेपाल पिस इन्स्टिच्युट दर्ता गरी नियमनकारी निकाय छल्दै भारतीय सहयोगमा संस्था सञ्चालित छ ।  

पद्मरत्न तुलाधरले भने अघिल्लो संविधानसभाले नै संविधान बनाउने करिव सुनिश्चित भएपछि त्यसलाई असफल पार्न सडकमा जनजाति आन्दोलनको नेतृत्व गरेका थिए । ०६९ साल जेठ २ गते प्रमुख राजनीतिक दलहरुबीच ११ बुँदे सहमति भएर संविधान जारी हुने निश्चित भईसकेको अवस्थामा तत्कालीन एनेकपा माओबादीको निर्देशनमा तुलाधरले गृहयुद्धको उद्घोष गर्दै सडक आन्दोलनको नेतृत्व गरेका थिए । अघिल्लो संविधानसभा विघटन गराउन महत्वपूर्ण भूमिका भएका तुलाधरको आन्दोलन भने त्यसै सेलाएको थियो । 

सडकमा आदिबासी र जनजातिको नाममा गृहयुद्धको षडयन्त्र रचेर संविधानसभा नै विघटनको अवस्थामा पु¥याउन नेतृत्व गरेकाहरु नै अहिले भारतको चाहना अनुसार संविधान संशोधनको लबिङ गर्न लागिपरेका छन् । यस कामको अगुवाई पद्मरत्न तुलाधर र पूर्व सभामुख दमननाथ ढुंगना लगायतले गरिरहेका छन् ।

ढुंगाना र तुलाधरले गतसाता एमालेका एक नेतासँग भेटेर एमालेले नचाहेसम्म संविधान संशोधन हुन नसक्ने भन्दै त्यसमा सकारात्मक भइदिन आग्रह गरेका थिए । आफूहरुले एमालेसहित अरु दलका नेताहरुलाई समेत संविधान संशोधनका लागि सहमत गराउन लागेको तर मुख्य भूमिका एमालेको भएकोले संशोधनका लागि तयार भइदिन बिन्ति बिसाएको बुझिएको छ ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com