Header

अपडेट: जन्ती बोकेको बस दुर्घटना हुँदा ४८ घाइते, चार गम्भीर

भक्तपुर, ९ भदौ: भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर कोटेश्वर जाँदै गरेको बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक सडकखण्डअन्तर्गत सुडाल जितपुरमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते हुनेहरुमध्ये २१ जनाको मध्यपुर अस्पताल थिमि, २५ जना भक्तपुर अस्पताल, दुईजनाको अर्थोपेडिक जोरपाटीमा उपचार भइरहेको छ । चार गम्भीर घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । 

छब्बीस सिट क्षमताको बसले ६० जना यात्रु बोकेको बताइन्छ । बस तीव्रगति रहेका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बसमा सवार यात्रुका अनुसार बस अनियन्त्रित भई घुम्तीबाट खसेको हो । 

चालक दोलखा घर भई जडीबुटी बस्ने रामकुमार भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रवन्धु थापाले जानकारी दिनुभयो । रासस

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com