Header

प्रचण्ड निवासले १२ लाख ५० हजार पानीको बिल मिनाह गर्न दबाब दिएको खुलासा

एस एन इलामेली

काठमाडौं, १२ भदौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटको खानेपानी बिलको  १२ लाख ५० हजार रुपैयाँको  मिनाह गर्न दवाव परेको खुलासा  भएको छ । दाहालको निजी निवासली केही वर्षदेखि बाँकी खाने पानीको रकम  भुक्तानी गर्न असार ३१ गते काठमडौं उपत्यका खानेपानी लिमिटेडले बिल काटेको थियो । 


उक्त बिलमा उल्लेखित रकम भुक्तानीको अत्तोपत्तो  नभएपछि केयुकेलले ताकेता गरेको थियो । तर यता , महसुल पूर्ण  मिनाह गराउन  तोक लगाउँदै दाहाल निवासको  बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा पुगेको बताइएको छ  । महसुल मिनाह गर्न पहल गरिदिनु पर्यो भनेर बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा आएको र कसरी मिनाह गर्न सकिन्छ भन्ने उपाय निस्कन नसकेको मन्त्रालय श्रोतले बतायो  ।

उता माओवादी स्रोतले लाजिम्पाटमा  दाहाल भाडामा बसेको भने  पनि उक्त  निवासको सबै  दायित्व घर धनीको  रुपमा दाहालकै रहेको बुझिएको छ  । खानेपानीको १२ लाख ५० हजार बक्यौता भुक्तानीका लागि  केयुकेलले बारम्बार ताकेता गर्दै आए पनि हालसम्म उठ्न त  सकेन  बरु उल्टै  दाहाल प्रधानमन्त्री भएपछि मन्त्रालय मार्फत नै महुसल मिनाहका लागि आदेश हुन  थालेको खुलासा भएको छ  । 

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com