Header

एमाले नेतृ तथा पूर्व सभासद् शान्ता चौधरीको घरमा चोरी

ल्यापटपसंगै  उनले लेखेको नयाँ पुस्तक ´गरिबी र राजनीति`को ड्राफ्ट समेत चोरिएको छ ।

दाङ १३ भदौ -  एमाले नेतृ शान्ता चेोधरीको घरमा चोरी भएको छ । दाङको लक्ष्मीपुरस्थित उनको घरमा गएराती चोरी भएको जनाइएको छ । आफू जठाजुको छोराको बिहेमा गएको बेला चोरी भएको चौधरीले  जानकारी दिइन् ।

पूर्व सभाषद् समेत रहेकी चौधरीले  घर बाहिर गमला मुनि राखेको ढोकाको साँचोले ढोका खोलेर चोरि गरिएको जानकारी  दिएकी  छिन  ।  ढाेकाको साँचो कहाँ हुन्छ भन्ने  श्रीमान् र भान्जीलाई मात्रै थाह थियो  उनले  बताइन । चोरले घरभित्रको दराज फोडेर आमा,छोरी,आफू र आफन्तले राख्न दिएको गरि करिब १० तोला सुन,एउटा ल्यापटप र एउटा आइप्याड मोबाइल लगेको  बताइएको छ  ।

ल्यापटपसंगै  उनले लेखेको नयाँ पुस्तक ´गरिबी र राजनीति`को ड्राफ्ट समेत चोरिएको छ । उनले उक्त पुस्तक प्रकाशनको अन्तिम तयारी गरेकी थिइन । चोरले दराजको ताल्चा फोड्न प्रयोग गरेको रड भने त्यहीँ छोडेर भागेको  बताइएको छ । दाङका  प्रहरी  प्रमुख  धिरज प्रताप शिहले पूर्व सभाषद् शान्ताको घरमा भएको चोरीको घटनाको गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com