Header

ऊ गएको सात बसन्त

किश्वर अन्जान

म यसलाई  विवाह  नै  मान्दछु । आज  मेरो  छोरो  छ  बर्षको   भयो , बा  खोई  भनेर सधै सोधिरहन्छ । मैले  उसलाई  भन्ने  गर्छु  तिम्रो  बाबा  धेरै  टाढा  जानुभएको छ ।आउन धेरै  वर्ष लागिसक्यो  अझै  कति  लाग्छ  थाहा  छैन भन्दै  सम्झाउंछु । अनि  कति लामो बाटो हगी ?

विचरा त्यो  अबोधको  अभिव्यक्तिले मलाई  विगतका  कुरा  सम्झना  मन  नहुदा  नहुदै पनि बाध्यताका तीरहरुले  छेडीरहन्छन । किन  किन  आँखामा  मोतिका  दाना टिलपिल टिलपिल गर्दै तँ  झर्ने  कि  मा  झर्ने  भन्दै  बग्न  आतुर  थिए । .. उ  गएको  सात बसन्त काट्दैछ तर  उ  फर्कियेन । मनमा  नाना  किसिमका  तरङ्ग  विरंग  उर्लिरहेका  छन् । जाने  बेलामा  सानी म  चाडै  आउछु  है ! भनेर  भनेको  आवाज  मेरो मनमा  अझै  ताजै छ ।

हिमाली  डाँडाको  देउरालीको  चौतारीमा  बसेर जीवनका  अनेकौं  सपनाहरु  साटासाट गर्दै मन्द  मुस्कानमा गरेका कुराहरु  मेरो कानमा  अझै  गुन्जी रहेका  छन् । फेरी सम्झिए उ  गएको  अनि  मेरो  मन बाट  टाढा  भएको  आज  सात  वर्ष  लाग्दैछ, तर  पनि  म आज  उसको  बाटो  पर्खीरहेको छु ।

हिमाली  शितलताको  छाहारीमा  लुकामारी गर्दै  जीवनका हरेक  पलमा  साथ्  हुने  बाचा  गर्दै, अनुपम  प्राकृतिक  सुन्दरतासंग  मायाँ  गाँस्दै  जुनी  जुनी  मायाँ  गाँस्ने  बाचाका  साथ् हामी एक  अर्कामा  समर्पित  थियौं तर  आज  म बटा  उ  धेरै  टाढा  छ । उसले  भन्थ्यो "सानी हाम्रो  सुन्दर  भविष्य  बनाउन, हाम्रो  मायालाई  जीवन्त  राख्न, म विदेश  जाने  पर्छ । त्यसैले तिमि  मान । आफ्नो  ख्याल  राख ।"

उसले  भनेका कुरा  मेरो मानसपटलमा  घुमिरहेका  थिए ।सायद  उ  जाने   समय  आउदै  थियो  । जसले  मलाइ  धेरै  माया  गर्थ्यो, अनि  धेरै  साथ  दिन्थ्यो, जो  मेरो  सर्वोच्च  थियो, अब  उ  टाढा  जान  लागेको  थियो । यो  कुराले  मेरो मन  स्वभावैले  निरास  भएको  थियो, तरपनि  मैले  मनलाई  दरिलो  बनाएर  हाम्रो  आउने  अन्तिम  भेटलाई  प्रतिक्षा  गरिरहेको थिए ।

उसले  मलाइ  जाने  अघिल्लो  दिन बोलाएको  थियो   । म  हाम्रो  नियमित भेट्ने ठाउँ देउरालीमा गएँ  । उ  पर्खेर  बसेको  थियो  म  उसलाई  देख्ने  बितिकै  रोएँ । उसले  मलाइ  सम्झायो 'म आइहाल्छु  नि  किन  रोएकी  ? म  हाम्रो  मायालाई  साकार  बनाउन  जादैछु, एक  दुइ  बर्षमा त आइहाल्छु , अनि   हाम्रो  बिहे  हुन्छ त्यसपछि  त हाम्रो  जीवन  मायाले  भरिन्छ नि ' उ भन्दै  थियो  । म  केहि  बोलिन  मौन सहमति  जनाएर आँखाभरी  आँसु  पार्दै  त्याहाबाट छुट्यौं हामि ।त्यो  रात  म  एकछिन  पनि  निदाउन  सकिन । मेरो  मनले  अनेकौं  कुरा सोधिरहेका थिए  । मलाइ  पटक्कै  निन्द्रा  लागेन । त्यो  नै  हाम्रो  अन्तिम  भेट  रहेछ ।

खै  उसले  मलाइ  न  त  फोन  गर्यो  नत चिठी  नै  पठायो, न  त केहि  खबर  नै  छ । जो  म  आज  सम्म  पनि  उसलाई  पर्खिरहेको  छु  । तिम्रो  मायाको  चिनो  पनि  ठुलो  भैसक्यो  । तर  उसले मलाइ एक  रति  पनि  माया  नगरेको  अनुभूति  भैरहेको  छ ।

अझै  उसको  मेरो  भेटको  सपना  बोकेर बाँचीरहेको छु ।खै  ! उ  त  गएको सात  वर्ष  भैसक्यो  । उसले  मलाई विर्षे  पनि मेरो  मायालाई  त  सम्झनु पर्ने त  हो नि । हाम्रो  रगतको चिनोलाई सम्झनु  पर्ने  त  हो नि ।सायद  उसलाई  थाह  छ  या  छैन  हाम्रो  छोरो  छ  वर्षको  भैसक्यो । बाबाको बारेमा  सोधेर  मलाई  सधै  कच्कच्   गरिरहन्छ । म  उसलाई  टारीदिन्छु तर  सत्य  त उसले  एकदिन  थाह  पाउछ ।

त्यसैले  म  आजपनि  उसको  आगमनको  प्रतिक्षाम आतुर भइरहेकी छु ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com