Header

"यो पनि गर्न पाउँदैनस् त्यो पनि गर्न पाउँदैन् भन्नु भो भने नजा भन्नुस, म जान्नँ": प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ भदौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भ्रमणले नेपाल- भारत सम्वन्धमा नयाँ पन्न खुल्ने विश्वास व्यक्त गरेका छन् । यो भ्रमणका क्रममा विगतमा व्यहोर्नु परेको पीडाको सही समिक्षा गर्दै भोलिका दिनमा यस्तो नहोहोरिने सुनिश्चत गर्न चाहेको समेत उनले बताए ।शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा धेरै बोलेर विगि्रएको स्वीकार गरे । ‘नेपाल भारत सम्वन्धलाई नयाँ ठाउँमा लैजाने सम्भावना पैदा भएको छ’ माओवादी अध्यक्ष समते रहेका प्रधानमन्त्री प्रचण्डले भने, मैले धेरै बोल्दा यो विग्रने डर छ ।’

नाकाबन्दी र भूकम्पको पीडा खेपेको नेपालसँगको सम्वन्धलाई भारतले खुला दिलले उत्साहका साथ नयाँ आयाम दिन्छ भन्ने विश्वासका साथ दिल्ली जान लागेको उनले बताए । नेपाली जनताको मुड आफूले बुझेको भन्दै प्रचण्डले भ्रमणका क्रममा राष्ट्रिय स्वाधिनताको विपल्पमा कुनै काम नगर्ने बताएका छन् ।

तर, लिडरलाई लकिरको फकिर हुने नभई लिड गर्ने भन्दै उनले त्यसबेला रिस्क लिने छुट दिनु पर्ने बताए । भारतसँगको सम्वन्ध नयाँ आधारमा विकसित गर्ने अवसर र चुनौती रहेको भन्दै उनले भने, नेपाल भारत सम्वन्ध दरार पैदा गर्दै जाने तिर होइन । समस्या समाधान गर्दै नेपाल राष्ट्रको हितमा अधिकतम कूटनीतिक र राजनीतिक लिडरले लिड लिन खोजेको छ । तपाईहरुको सहयोग चाहिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘मलाई तपाईहरुले यति धेरै प्रसर गरिदिनु भो अहिले कि तँ गएर खबरदार .यो पनि गर्न पाउँदैनस् त्यो पनि गर्न पाउँदैन् भन्नु भो भने नजा भन्नुसु, म जान्नँ ।’

‘होइन भने लिडरको काम लिड गर्ने हो । मैले, चुनौतीपूर्ण भएपनि यो अवसर ठानेको छ । मलाई के लागेको छ भने यो पटक नेपाल भारत सम्वन्धको नयाँ अध्याय खुल्छ भन्ने विश्वास लिएर म जाँदैछु ।’

प्रधानमन्त्री प्रचण्डले तथाकथित राष्ट्रवादका नाममा पहाड र मधेसबीच फाटो गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए । अन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने बेला आएको भन्दै उनले भने, ‘नत्र राष्ट्रवादको नारा लगाउँदा लगाउँदै देश विखण्डन हुने भयो ।’

साथै उनले संविधान संशोधन गर्दै कार्यान्वयन गर्ने अवसर र जोखिम दुबै भएको भन्दै सहयोगको अपील गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रवादका नाममा पहाड र मधेसबीच दरार गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए । उनले संविधान संशोधन गर्दै कार्यान्वयन गर्नु जोखिमपूर्ण भएको भन्दै सहयोगको अपील गरेका छन् ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com