Header

पुरिएको प्रेम चिठ्ठी

किश्वर अन्जान 

आदरणीय बुबा आमा परदेशी छोराको दर्शन छ  हजुरहरुलाई । सन्चै अनि कुशल  नै रहनुहुन्छ होला । कुनै बिपनिका लक्ष्यहरुले पक्कै पनि सताएको छैन होला । आमा म हाल  सम्मका दिनमा पनि सन्चै एवं कुशल  नै रहेको छु किनकि  मलाइ काम  गर्न नै असजिलो भइरहेको छ । बिगतका सम्झनाका काला धब्बा बादलहरुले छेकी रहन्छन र म रोकिन बाध्य हुन्छु । अनि मेरा  इद्रियहरु काम  गर्न छोडेको महसुस हुन्छ । मलाई  सम्झनाका बाणले  हानिरहन्छ आमा ।

कस्तो  रोचक अनि सुन्दर थियो हाम्रो संसार, कति माया गर्थिन सानीले अनि म पनि उनलाई स्वर्गको टुक्रा जस्तै मेरो  घर  संसार  थियो । बुबा आमा म सानी  चार जना हामि, भर्खर मात्र बिबाहको  सुन्दर बगैचामा सजिएका थियौं हामि, फुल रङ्गीबिरंगीसंग नाच्दै, चुम्दै  रहन्थ्यौं । हाम्रो माया म केहि महिना पछी  विदेश जाने तयारीमा थिएँ । सानी  खुसि नै थिइ तर त्यतिखेर  सम्म हाम्रो  सुन्दर मायाको चिनो पनि सानिको पेटमा आइसकेको थियो । सानी भन्थी 'म यस्तो बेलामा नि हजुर बाहिर जाने ?' म उसलाई  सम्झाएर  टारी दिन्थें । अनि उ पलभर मै खुसि  हुन्थी , मायाले  भरिएको थियो हाम्रो  परिवार, असाध्यै सुन्दर सभ्य वातावरणमा मौलाइरहेको थियो  हाम्रो परिवारको एक अर्का प्रति मायाँ ।

म एक महिना पछी  बाहिर जाने निधो भयो, सानी  निरास भइ फेरी मैले उनलाई फकाएं  तब उसको अनुहारमा मायाका   रंगहरु पनि हाँस्दै  थिए । मैले सानीलाई सबै कुरा सम्झाएँ । उ लुरुक्क पर्दै सहमति जनाई । म जाने दिन पनि छिटै आएछ । त्यतिखेर हाम्रो मायाको चिनो सानिको  तिन  देखि चार महिनामा हुर्किदै  थियो । उ एक हातले पेट समाउँदै मनलाई  निरास  बनाउंदै मलाई बाइबाई भन्दै इसारा  गर्दै थिइ ।

बाध्यता अनि विवशता र सुन्दर भविष्यको  सपना हेर्दै म विदेश छिरें । यहाँको वतावारणमा घुलमिल हुन मलाई केहि समय लाग्यो । काम अलिक गारो नै थियो, बिहान देखि बेलुका सम्म खानु पर्ने  त्यो पनि ४५ डिग्री माथिको  तापक्रममा पसिनाको धारा चुहाउँदै गर्दा थकित शरीर बेलुका ओछ्यानमा लडाएर सानिको  फोटो छातीमा च्याप्दै गर्दा निदाएको पत्तो नै हुदैन थियो । यसरि नै नियमित दिन रात खटीरहन्थें । सधैं भरि घर परिवार, गाउँ  बस्ति, साथिभाई तथा आफन्तहरुको सम्झनाले मनलाई खाइरहन्थ्यो । तरपनि  मनलाई कठोर गर्दै काममा झुमीरहन्थें आमा ।

त्यो कालो दिनको सम्झना कसरि गरौँ आमा, म काम गर्दै थिएँ, एउटा साथीले सुनायो नेपालमा त ठुलो भूकम्प  गयो रे, घर धेरै  पुरिएका छन्, धेरै मान्छेहरु मरिसकेका छन् रे त्यो सुन्दा मेरो खुट्टा लगलग काम्दै मुखको थुक सुकिसकेको थियो, म उभिएकै ठाउँमा  भूकम्प आइरहेको महसुस भएको थियो । साथि सबै फोन गर्न दौडिए, म पनि घरमा फोन गर्न दौडिएँ  तर फोन लाग्दै लागेन । समाचार हेर्दा यो जिल्लामा मर्ने यति भन्दै फुकिरहन्थ्यो, मेरो मन डरले छिया छिया हुँदै थियो । पैतालाले राम्रोसंग जमिन नै टेक्न सकेको थिएन, एक जना गोर्खाको साथि थियो उसको  परिवार नै पुरिएको छ भन्ने थाह  भयो दुई  दिन  पछी त्यो साथि अचेत  भई  लडेको लडेकै थियो, होस् आउन सकेको थिएन । म त्यो देखि झन् कराएँ । साँचै घर  परिवारको पनि जानकारी  आएको  थिएन, तिन दिन पछी खबर आयो गाउँको साथीको मध्यमबाट उसले सुनायो गाउँका  धेरै घर अनि मेरो घर पनि पुरियो । बा आमा सकुशल हुनुहुन्छ रे तर सानी पुरिएकी  छे रे, मैले यो कुरा सुन्ने बित्तिकै मेरो मन एकोहोरो भयो । मेरो चेतनाको स्तर  सुन्य तिर दौडीदै थियो । मलाइ छाँगाबाट खसे जस्तो भयो, मस्तिस्कको तार चुँडियो, कालो र निला धब्बाहरु  तिरिमिरी देख्न थालें । थक्क  भुईमा बसें, केहि बोल्न सकिन, हात गोडा लुला भई काम्न  थाले, आँखा भरि आँसुका थोपा टिलपिल भए, मुखबाट  आवाज नै निस्कन सकेन... ।

केहि समय पछी मेरोप होस् आएछ म रालसिंगान आँसुले मैले लाएको कपडाको गला भिजिसकेछ । साथीहरुले समाउँदै थिए तर मैले केहि बुझिरहेको थीइन मात्र  गुनगुन... स्पष्ट कुरा नै मस्तिष्कले ठम्याउन सकेन ।

म बिरक्त  हुँदै मन भित्र दुखको पहाड बोकेर भौतारीई रहेको थिएँ । कम्पनिबाट पनि हामीलाई छुट्टी  दिने भएछ । म त्यहि छुट्टी  मिलाएर नेपालमा फर्कने बिचार  गरें साथै अन्य साथीहरुले  पनि त्यहि  विचार  गरे । म त्रिभुवन विमानस्थल पुग्दा  मेरो  गाउँका  काका आएका रहेछन हामि त्यहाबाट सिधै काकाको  डेरामा गयौं । काठमाडौँ  पुरै कोलाहलमय थियो ।  खालि चौरहरुमा पाल हालेर बस्नेको भिड  थियो, केहि समय हिड्दा याद  गरेको थिएँ म भोलि पल्ट सिधै  पुरानी बसपार्क  बाट  घर जान  लागें ... ।

मानिसहरु सबै खुला  चौरमा पानि पनि खाना  नपाई छट्पटाउदै गुज्रिरहेका थिए तर सरकारले भने राहत बाँडिरहेको छ भनि हावा फुकी रहेको थियो ।

म घर  जाने बाटोमा हेर्दै हेर्दै हिड्दा आँसुका थोपाहरुले आँखा बाट रसाउन कमि थिएन चारै तिर घर लडेका थुप्रा मात्र थिए । मानिसहरु कोलाहाल  गर्दै बारीका  पाटामा प्लास्टिक  र पालको भरमा जीवन काटिरहेका थिए । भुराभुरी बच्चाहरु रुने कराउनेको कमि थिएन, खान नपाएर छटपटाईरहेका थिए । मेरो घर पुग्न सदरमुकामबाट दुई  घण्टा हिड्नु पर्ने थियो म सदरमुकाम दिउंसो तिन बजे पुगें । त्यहाँ पुग्दा सदरमुकामका घरहरु सबै ढलेका थिए । सेताम्ये धुलोले  भरिएको थियो । मैले मनलाई  पुनः  कठोर बनाई फेरी आफ्नो घरको बाटो तताउदै थिएँ । बाटोमा पहिरो एवं ढुंगाहरु पल्टने सम्भावना अति थियो  तर पनि मलाई  गाउँ  कहिले  पुग्नु  जस्तो  भएको थियो  त्यसैले म आँखा भरि आँसु  परि पानीको  प्यासले भोक मार्दै लखर लखर  रुँदै हिड्न थालें ।

क्रमसः .... 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com