Header

प्रचण्डलाई ओलीको कटाक्ष : ‘भारत किन जाने, सिंगडा खान ?’

काठमाडौँ ३० भदौ - पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सरकार गठनको १ महिना नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबारबाट भारत भ्रमणमा जानु उचित नभएको भन्दै आलोचना गरेका छन् ।

ओलीले सरकार बनेको एक महिनामै भारत तिर कुदिहाल्नु  पर्ने  कुनै आवश्यकता नरहेको बताए । यसै सन्दर्भमा ओलीले  भने - ‘भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ?’

आज ललितपुरमा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै   ओलीले  सरकार बनेको एक महिना नहुँदै  अहिले नै भारत नगई नहुने  के पर्‍यो र ?’

ओलीले मुलुकमा के भएको थियो र  तत्कालै विशेष दूत खटाउनु पर्‍यो हान्दै  प्रश्न समेत गरे । उनले भने ‘माओवादीले अघिल्लो पटक सरकारमा बसेर उही सरकारलाई घात गरेको छ  ।’

नयाँ सरकार बनाउने बेलामा कांग्रेस, माओवादी र मधेसी दलहरुबीच भएको तीन बुँदे सम्झौताले  मुलुकको भौगोलिक अखण्डतामा खलल  पुर्‍याउने, विदेशबाट आउने वित्तिकै नागरिकता दिइहाल्नु पर्ने तथा  राष्ट्रपतिसम्म बन्न दिनुपर्ने भन्ने मनसायमा आधारित भएकोको ओलीले आरोप लगाए ।

हाम्रो देशको  संविधान जति समावेशी संविधान अन्यत्र नबनेको भन्दै ओलीले संविधानको सर्वस्वीकार्यता कही पनि नहुने बताए ।  संविधानको सर्वोच्चता नस्वीकार्नेहरुसँग छलफल र संवाद पनि हुनसक्ने ओलीको भनाई  थियो ।



 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com