Header

कोरियामा नेपाली चेलीको संघर्ष

कोरिया, ३१ भदौ | दक्षिण कोरियामा एक चर्चित महिला समाजिक अभियंताको नाम हो अन्जु के सि। २०५७ साल चैत्र १२ गते सामान्य वर्किङ भिसामा कोरिया आउनुभए कि उहाँ वर्तमानमा नेपालि सम्पर्क समिति दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष हुनुको साथै विभिन्न सघ सस्थाको सल्लाहकार समेत हुनुहुन्छ।

रुपन्देहि जिल्लाको बुटवल नगरपालिका वडा नं१३ देवनगर स्थाई घर भएकि ऊहा २०३२ साल असार १९ गते जन्मिनु भएको हो ।बिक्रम संवत २०४७ साल मंसिर महिना६ गते ओम बहादुर क्षेत्रि संग बैबाहिक जिवनमा बाधिनु भएकि ऊहा दुई सन्तानकि ममतामयि आमासमेत हुनुहुन्छ ।

महिला समाज सेवि अन्जु के सिको अनिमेश क्षेत्रि र अभिशेक क्षेत्रि क्रमश २५ /२१ वर्षको छोरा हाल नेपालमा अध्ययनरत हुनुहन्छ। 

नेपालमा राजनितिक उथल पुथल र देशमा शान्ति स्थाई रुपमा नभएको बेला नेपालि युवा युवति चरम बेरोजगारी बाट गुज्रिरहेको अवस्था त्यै माथी देशमा संकटकालिन अवस्था सिर्जना भएपछि २०५७ सालमा २५ वर्षे ऊमेरमा दक्षिण कोरिया लाई कर्म थलो बनाएर पारिवारिक जिवन सहज बनाउने सपना सहित ऊहा दक्षिण कोरिया प्रवेश गर्नुभएको हो।

प्रवासमा सुनौलो सपना बोक्ने आट गरेकि महिलाको लागि प्रदेश आफैमा एक चुनौति वनेर आएको थियो। अदम्य साहास र कर्ममा विश्वास गर्ने र सानै देखि विभिन्न सामाजिक कार्य मा रुचि राख्नु हुने अन्जु के सि सामु फरक भाषा ,असहज कोरियन सस्कृति ,प्रवासी जिवन,र थुप्रै अग्नि परिक्षा थिए।हरेक समस्यालाई सहजतापुर्वक स्विकार गर्ने अन्जु के सि लाई दक्षिण एसिया बाट सिधै पुर्वि एसियामा आएर फरक मौसम,फरक बातावरण संग जुध्नु चानचुने कुरा थिएन।

हजारौ सपना बोकेर प्रवास हिडेका युवा युवतिहरु सपना पुरा हुने नहुने टुंगो लाग्दा नलाग्दै सपना बाट लरवराऊदै आत्महत्या, डिप्रेसन,सामाजिक अपराध र अन्य थुप्रै समस्याको ऊलझनमा फस्दा अन्जु के सि त्यस्ता समस्या को कारण संग सबैभन्दा नजिक भएर अध्ययन अवलोकन गर्ने एक अनुभवि जानकार पनि हुनुहुन्छ।

सरल भाषा ,स्पस्ट र खुल्ला विचारकि धनि अन्जु के सि नेपाली सम्पर्क समिति दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष छनौट भएपछि कोरियामा औपचारिक रुपमा सामाजिक जिम्मेदारी र जिवन संग जोडीनु भएको हो।विगत १५ बर्ष देखि दक्षिण कोरियामा अनौपचारिक रुपमा महिलालाई परेका समस्या र समाधानकाउपायहरुको सहजिकरण गर्दै आउनु भएकि अन्जु के सि कोरियाको व्यस्त समयमा पनि बिरामि भेटघाट,सामाजिक कार्यक्रम, सस्कृतिक कार्यक्रम आदिमा अब्बल दर्जाको समय ऊपल्बध गराऊदै आऊनुभएको छ।

दक्षिण कोरियाको भौगोलिक दुरिले ऊहालाई सामाजिक कार्यमा संलग्न हुन खासै अवरोध गरेन।कार्यक्षेत्र राजधानि सऊल लाई रोज्नुभएको ऊहाले आवश्यकता अनुसार बुसान देखि इन्छन सम्मका सामाजिक समस्या र कार्यक्रमको सहजिकरणको भुमिका निभाऊनु भएको छ।

सामाजिक सेवा ,मानव धर्म, सेवात्मक संज्ञा ,सहयोगि भावना सहज जिवन यापन,ऊच्च सोच,समयको सहि सदुपयोग,समोचित सुझाव,समानांतर स्वभाव ,समतामूलक समाज,लैंगिक समानता,धार्मिक असहिष्णुता, र सादगि जिवन नै ऊहाका आदर्श हुन। त्यसैले उहाँ ले नेपाली सम्पर्क समिती(ncc) लाई राजनिक रुपमा नभई विसुद्ध सामाजिक सस्था को रुपमा अघि बढाउने र कोरिया मा रहेका क्षेत्रीय, जातिय,धार्मिक तथा विभिन्न सघ सस्था हरुलाई एकबद्धरुपमा अगाडि बढाउनु का साथै बिभिन्न समस्या मा परेका नेपाली हरुलाई आफैले भेटेर समस्या बुझेर सामाधान गर्ने कार्य मा उहाँ निरन्तर लागि पर्नु भएको छ।

उहाँका यस्तै सामाजिक कार्य लाई मन पराए होला अहिले कोरिया मा सामाजिक अभियन्ता महिला दिदिबहिनी हरु माझ उहाँ को नाम अग्र पङ्ती मा आउँछ र बहुसंख्यक कोरिया मा काम गर्न आउने आम नेपाली मजदुर ले उहाँको कार्य गर्ने शैली र सामाजिक रुचि लाई देखेर नेपाली सम्पर्क समिति (ncc) को भावी अध्यक्ष हुनुपर्नेमा जोड दिनु हुन्छ।

अहिलेसम्म एनआरन, एनसीसी जस्ता सस्थाहरुमा यात बिभिन्न व्यापारी वर्ग र यात हुन्डी व्यवसायी को मुख्य पदहरुमा दवदवा रहेको बेला वरिष्ठ उपाध्यक्ष जस्तो उच्च पदमा आम मजदुर त्यसै माथी एक महिलाको हिसाबले उहाको प्रतीनिधित्व लाई कोरियामा सबैले गर्व गर्दछ्न।

नेपाली सम्पर्क समिति (NNC) वरिष्ठ उपाध्यक्ष अन्जु केसिको कोरिया भोगाई यस्तो रहेको छ। लामो समयको कोरिया बसाइ र यसको भोगाई लाइ नजिकबाट नियालेर हेर्दा धेरै कुराहरु पाए पनि केहि कुराहरु गुमाएको आफुलाई अनुभूति भएको बताउनुहुन्छ  l करिब १६ बर्षको कोरिया भोगाईले मलाई दिएको सबैभन्दा ठुलो कुरा भनेको आत्म स्वाबलम्बी ,दृढता र धैर्य गर्न गर्न सक्ने क्षमता नै हो l

जिबनको अर्को अर्थ संघर्ष हो र संघर्ष गर्दै गइयो भने एकदीन अबश्य पनि सफलता हात पर्छ भन्ने कुरा यहाँको बसाइले अनुभूति गराएको बताउनुहुन्छ l मानिस सामाजिक प्राणि हो र समाजमा उसले गर्नु पर्ने दाहित्व के को भन्ने कुरापनि मैले सिकेको अनुभूति गर्दै गरेको बताउनुहुन्छ l

कोरिया बाट मैले जीवन जिउने कला सिके यसमा मलाई गौरब लाग्छ भने मेरो लामो समयको प्रबास बसाइले जीवनमा गुमाएका केहि पल हरुले कहिले कहिँ दुख पनि लाग्ने गर्दछ l कलिलै उमेर देखिको प्रबासको बसाइले आफुलाई एउटा जिम्मेवार त बनायो तर माया ममता र प्रेमबाट टाढा बनाएको भने सधै अनुभूति गरेको बताउनुहुन्छ l

पारिवारिक रमाइलो ,साथीभाईहरु संगको रमाइलो आदिकुरा बाट आफु सधै एक्लिएको महसुस हुदा कहिले काँही नरमाइलो लागेपनि सबै कुरालाई नकारात्मक मात्र होइन सकारात्मक रुपबाट पनि हेर्नु पर्ने हुन्छ भन्ने मलाइ लागेको छ l केहि पाउनलाई केहि त अबश्य गुमाउनु पर्छ l

समग्रमा भन्नु पर्दा पारिवारिक माया र ममता गुमाउनु परेपनि कोरियाको बसाइले मलाइ देश र समाज प्रति झन् उत्तरदाहि र जिम्मेवार नागरिक बनाएको छ l जीवनमा सुख के हो ,दुख के हो ,संघर्ष के हो आदि कुराहरुलाइ यो बसाइले अत्यन्त नजिकबाट अनुभब दिलाएको महसुस गरेको बताउनुहुन्छ | 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com