Header

किन रद्ध भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण ?

सचिवालयले आइतबार राती प्रधानमन्त्री अमेरिका नजाने भन्दै विज्ञप्ति जारी गरेको हो  ।

काठमाडौं ३ असोज -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अन्ततः स्थगित भएको छ ।  प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा सहभागी हुन सोमबार (आज) अमेरिकाको न्यूयोर्क जाने तयारी भएको थियो । 

करिब २२ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल  अमेरिका  जाने तयारीमा थिए  तर प्रधानमन्त्री सचिवालयले आइतबार राती प्रधानमन्त्री अमेरिका नजाने भन्दै विज्ञप्ति जारी गरेको हो  ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा यो  अवस्थामा विदेश भ्रमणमा लग्नु भन्दापनि  संविधान कार्यान्वयन र पुनःनिर्माणमा लाग्नुपर्ने बेला भएकोले  भ्रमण स्थगित गरिएको उल्लेख छ । 

केही महिना अघि पार्टीको एउटा कार्यक्रममा भाग लिन अष्ट्रेलिया जाने कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो । अष्ट्रेलिया जानु केही घण्टा अघि मात्रै उनको भ्रमण स्थगित भएको थियो अष्ट्रेलियमा उजुरी परेपछि उनको भ्रमण स्थगित गरिएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले अहिले प्रधानमन्त्रीको भ्रमणलाई अष्ट्रेलियासँग जोडेर हेर्न नहुने बताएको छ तर  सामाजिक संजालमा भने अमेरिका भ्रमण पनि अस्ट्रेलिया भ्रमण जस्तै गरि रद्ध भएको त होइना भन्ने आसयका टिकाटिप्पणी सुरु भएको छ   । 

देशको समस्या समाधान गर्नुनै प्रधानमन्त्रीको मुख्य प्राथमिकता रहेको भन्दै प्रधानमन्त्रीले भ्रमण रद्ध गरेपछि परराष्ट्रमन्त्री प्रकाशशरण महत महासभामा सहभागिता जनाउ दिल्लीबाटै अमेरिकातर्फ प्रस्थान गरिसकेका छन् । श्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण ताका नै  उनि अमेरिका  नजाने निश्चित जस्तै भई सकेको थियो ।

 

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com