Header

पूर्वमुख्यसचिव चढेको कार त्रिशुलीमा बेपत्ता

काठमाडौँ, ०९ असोज: पूर्व मुख्य सचिव माधव घिमिरे चढेको कार त्रिशुलीमा दुर्घटनामा परेको छ ।  दुर्घटनामा घिमिरेकी आमा र उनका सुरक्षा गार्ड र अन्य एक जनाको मृत्यु भएको छ । चितवन प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले ३ जनाको लाश भेटिएको पुष्टि गरे ।  मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ना १३ च १३५१ नम्बरको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले बिजपाटीलाई बताए ।     

सिंहले भने ‘कारमा ७ जना सवार थिए, ड्राइभर बिष्णु राईले हाम फालेको रहेछ,घाइते छन्, उपचारको लागि भरतपुर लगिएको छ, घिमिरे सरको लाइसन्स भेटिएको छ '।   उनका अनुसार दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री समेत थिए। 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com