Header

घोप्टेभिरबाट त्रिशुलीमा खसेको पूर्वगृहमन्त्री माधव घिमिरेसहित २ अझै बेपत्ता

काठमाडौं, १० असोज | पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप आइतबार साँझ चितवको तारेचोकस्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको थियो । सो जीप अझै नभेटिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

एसपी वसन्त कुँवरका अनुसार आइतबार राति १ बजेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेपनि भेट्न सकिएको छैन् ।

‘हामीले राति १ बजेसम्म खोज्यौं’ एसपी कुँवरले भने, ‘पानीको तीव्र बहाबको कारण गाडी बगाएर तल्लो भागतिर पुर्याएको हुनुसक्ने अनुमान गरिएको छ ।’

उद्दारकर्मीहरुले राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो । जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो । गोताखोर समेत खोजी कार्यमा जुटेका छन् ।

गाडीसँगै माधव घिमिरे उनका भाई प्रकाशचन्द्र घिमिरे र अर्का भाई मोहन घिमिरे बेपत्ता छन् ।

त्यस्तै, गाडीमा सवार उनका अंगरक्षक आरसी कार्की र आमा चैतन्यकुमारी घिमिरे र आफन्त नारायण काफ्लेको शव फेला परेको छ ।

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com