Header

प्रचण्डले राष्ट्रघात गरेको भन्दै भद्रकालीमा नयाँ शक्तिको धर्ना

Naya-Shakti-Dharna

१४ असोज, काठमाडौं: डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले शुक्रबार भद्रकालीमा धर्ना दिएको छ । राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध भन्दै दिइएको धर्नामा भट्टराईसहितका नेताहरु छन् । नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गरेको छ ।

७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको बताएको छ । उसले भनेको छ, ‘यो राष्ट्रघात हो यसले स्वाभिमानी नेपालको शिर झुकाएको छ ।’

नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गरेको छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिएको तर, सरकार रमिते बनेको उसको आरोप छ ।

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com