Header

मनसुन पुस्तक खेति र निला चलचित्र

सुरज दाहाल

कुनै पुस्तकको समालोचना त्यसको लेखकिय सुन्दरताको आधारमा मात्र हुन सक्दैन । हरेक पुस्तकले मानवमा पार्ने मनोवैज्ञानिक प्रभाव हुन्छ । मनोसामाजिक प्रभावको मुल्यांकन नगरी पुस्तकले पाएको बजारका आधारमा मात्र त्यसको मुल्यांकन गरेर  उत्कृष्ट वा निकृष्ट ठहर गर्नु गलत हुन्छ । 


मेरो एउटा साथीले अडियो खोजि खोजि रोमान्टिक फिक्सन  सुन्ने अर्को साथिलाई मानसिक बिरामी भन्छ !यो अडियो बुकको प्रेमी चाहि पोर्न भिडियोहरुको पनि विशाल संग्रहकर्ता रहेछ । पोर्न भिडियो र तथाकथित लभ स्टोरी भनिएका नोबेलहरु बिच कुन सम्बन्ध हुन सक्दछ ?


 तपाई त्यहि हो जे पढ्नु हुन्छ , त्यहि बन्न सक्नु हुन्छ  जे सोच्दै हुनुहुन्छ र तपाई त्यो पनि हो जे तपाई हेर्दै हुनुहुन्छ ।ओहायो युनिभर्सिटीले जर्नल अफ पेर्सनालिटि एंड सोसिएल साइकोलोजीमा एउटा अध्ययन सार्वजानिक गर्दै भनेको थियो "तपाई कुनै नोबेल अध्ययन गरिरहदा जब एउटा  फिक्सनल क्यारेक्टर भित्र आफैलाई  डुबाउनु हुन्छ तब तपाईको अध्ययन वा हेराइत्यहि पात्रको व्यवहार विचार शैली लिदै सकिन सक्दछ ।"जुन तपाई हामीले दैनिक जीवनमा देख्दै आएको कुरा हो ।


संसारमा अपराधमा आधारित जतिपनि चलचित्र बने तिनीले अपराध गर्न पनि सिकाए ।
मैले "पनि " भनेको छु है !


संसारमा जतिपनि निला चलचित्र बने निला चलचित्रले अवास्तविक यौन चहाना , बलात्कार , असुरक्षित यौन सम्पर्क अन्तत: गर्भपतनका घटनामा बृद्धि गरे  ।
 ठिक यसैगरि प्रेम कथा -रोमान्टिक फिक्सन - यौन उपन्यास आदिले मानविय सम्बन्धहरु थप जटिल बनाए ।


सुबिन भट्टराईको अर्को पुस्तक "समर लभ"  उपत्यकाको कुनै एउटा बोर्डिङ्गमा अध्यापन हुदै छ भन्ने सुबिन भट्टराई आफैले सामाजिक संजालमा फैलाएको खबर माथि एउटा भाइले गरेको टिप्पणी याद छ "समर लभ बाट विद्यार्थीले के सिक्ने ? चुरोट पिउन सिक्ने ? सेक्स गर्न सिक्ने ?"

पछिल्लो समय सुबिन भट्टराई जीको "मनसुन" बजारमा आएको छ ।धरानको एउटा विवाहको जन्ती बनेर सुरु भएको उहाको कथा पुस्तकको अन्त्य सम्ममा एउटा निलो चलचित्र सरह  सयौ किस गर्न पुग्छ । उपन्यास को "म " पात्र  मनसुन सग मनसुनकै घरमा यौन सम्पर्क गर्न पुग्छ ।

पुरै उपन्यासमा समाजको लागि उपयोगी केहि छैन ।एउटा प्रेम -रोमान्सको कथा भनिएको मनसुनमा मानव उपयोगी केहि खोजिएको हैन यो मनोरंजनका लागि हुन सक्ला  तर जुन प्रचारबाजी हुदैछन त्यसले एउटा नैतिक धरातल खोज्दछ आदर्शको एउटा आधार खोज्दछ त्यस्तो केहि पनि छैन  ।पुस्तक कभरको भित्रि भागमा "सुबिन भट्टराई एक महान लेखक हुन उहाँले लेखेका पात्र पुस्तक पढेको धेरै दिन सम्म पनि मान्छेको मगजमा घुमिरहन्छन ।

"भन्न  भन्न खोजिएको छ जुन केहि हद सम्म सत्य हो । उहाँले एउटा सेक्सलाई सप्तकोशीको समागम देखाउन सक्नु हुन्छ |
एउटा चुम्बनलाई सागर मन्थन पछि देवताले गरेको अमृत पान भन्न सक्नु हुन्छ  ।

म उहाँको आलोचक वा विरोधी हैन म के कुरामा स्पष्ट छु भने उहाँको जति मैले चाहे पनि लेख्न सक्दिन !

नेपाली उपन्यासकारहरु हेर्नुस , उहाहरुले धेरै पुस्तक लेख्नु भएको छ !
पुर्विय समाजमा पुस्तक लेख्नु लाई "व्यापार "को रुपमा मात्र हेरिदैन यसलाई आदर्श मानिन्छ ।
तर नेपाली पुस्तक जगतका समकालिन लेखकहरु व्यापारमा केन्द्रित भएको आभाष हुन्छ।उहाँहरुका काल्पनिक पात्र समकालिन पाठकको मानसिकतामा केहि प्रभाव त पुराएका होलान तर समाजको सकारात्मक  परिवर्तनमा कुनै भूमिका खेल्न सकेका छैनन  ।

आशा गरौ , नेपाली उपन्यास जगत प्रेम र विछोड रोना धोनाको अनावश्यक शाब्दिक पहाड बाट मुक्त हुनेछ ।
प्रेम यौन क्रिडा र भौतिक सुखभोगको परिभाषाबाट मुक्त हुनेछ ।
र कुनै यस्तो फिक्सनल पात्र जन्माउनेछ जसलाई मानवले मगजमा राख्दा पनि समाजले एउटा आदर्श मार्ग प्राप्त गर्न सकोस । @nepalihuman

यो पनि पढ्नुहोस :अपव्याख्यामा माधवी मिथक : मानवी कि पृथ्वी ?

लेखक : सुरज दाहाल २०७३/०६/१६ 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com