annapurna add

Astronauts set for ocean splashdown

अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरेका छन् । उनीहरु ड्रयागन एनडेभर क्याप्सूल यान अन्तरिक्ष स्टेशनबाट अनडक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

उनीहरु स्थानीय समय अनुसार आइतबार दिउँसो दुई बजेर ४० मिनेट जाँदा फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण गर्ने अपेक्षा छ । उनीहरुको सफल अवतरणपछि अमेरिका अमेरिका पुनः पूर्णरुपमा अन्तरिक्षण सेवामा निपूर्ण रहेको प्रमाणित हुनेछ ।

अमेरिकी अन्तरिक्षा एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले सटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो । त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो । यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार