1478958692 banner ad format

 
 

काठमाडौँ - सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए÷नभएको बारे अनुगमन गरेको छ । 

analog system

सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो । 

सोहीअनुरुप सूचना तथा सञ्चार मन्त्रालय, नीति, योजना अनुगमन तथा मूल्यांकन शाखा प्रमुख तथा उपसचिव रुद्रादेवी शर्माको नेतृत्वको टोलीले बिहीबारदेखि अनुगमन शुरु गरेको हो । “हरेक गतिविधि प्रविधिमैत्री बनाउने सन्दर्भमा यो नेपालको आन्तरिक आवश्यकता पनि हो, सन् २०१७ सम्ममा सबै केबललाई डिजिटलाइजेशन गर्ने सरकारको निर्णयअनुरुप चरणबद्ध रूपमा एनालग प्रणालीलाई हटाउँदै लगिएको हो”, उपसचिव शर्माले भने । 

उनका अनुसार करिब ८५२ टिभी एनालग प्रणालीमा छन् । त्यसैगरी करिब २५ प्रतिशत डिजिटलाइजेशन भइसकेका छन् । आगामी २०७५ वैशाखसम्म सबै गाउँपालिकामा अनुगमन गरिने छ । एनालग प्रणालीबाट डिजिटलाइजेशन गरिएकामा सेवा प्रदायकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आएको मन्त्रालयले जनाएको छ । अनुगमन टोलीमा अम्बिकाप्रसाद शर्मा (इइ) र सरोज पौडेल (नासु) पनि छन्। 

टोलीले आज मात्रै भक्तपुर सूर्यविनायकस्थित भक्तपुर टिभी प्रालि, सिनामंगलस्थित केबल टिभी एण्ड नेट र बुद्धनगरस्थित सहयोग केबल नेट प्रालिमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै स्थानमा एनालग बन्द गरी डिजिटल रुपमा सञ्चालन गरिएको पाइएको छ । 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Health News in Nepal Birdflu found in Kathmandu

    काठमाडौंमै भेटियो बर्डफ्लु

    चितवनका विभिन्न स्थानका कुखुरामा बर्डफ्लु फेला परेलगत्तै काठमाडौंका हाँसमा पनि बर्डफ्लु फेला परेको छ। काठमाडौंको तारकेश्वर नगरपालि ...

  • kantipathnews Health news Effect of hybrid food

    हाइब्रिड खानाले पुर्‍याउने असर

    काठमाडौं- यो संसार प्रकृतिको देन हो र प्राकृतिक नियमसंगत चल्छ । खाद्यवस्तु पनि प्रकृतिले मानव समुदायलाई दिएको उपहार हो । यसमा सबै ...

  • kantipathnews Health news foodsafety

    क्यान्सरको जोखिम घटाउने ७ खानेकुरा

    काठमाडौं- दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ । क्यान्सरको जोखिम कम गर्न के खानुपर्छ ? ब्रोक ...

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood