annapurna add

काठमाडौं । जसैजसै एन्ड्रोइड स्मार्टफोन पुरानो हुँदै जान्छ, विस्तारै विस्तारै यसमा सपोर्ट पनि कम हुँदै जान्छ । फोन धेरै नै पुरानो भए यसमा आवश्यक चीजले पनि काम गर्न छोड्छ । यस्तै नै एक रिपोर्टमा तपाईंसँग Android 7.1.1 Nougat भन्दा अगाडिको भर्सन छ भने यसमा ब्राउजिङ्ग गर्न सकस्या हुने बताइएको छ ।

akrales 190515 3399 0018.0वेभसाइट लोड नहुने र इरर पनि आउन सक्ने बताइएको छ । Android Police को एक रिपोर्टका अनुसार Android 7.1.1 Nougat भन्दा पुराना भर्सन रहेको एन्ड्रोइड स्मार्टफोनमा सेक्योर वेभसाइटहरु खुल्ने छैनन् । यसको मतलब यदि सेक्योर वेभसाइडहरु खुल्न पाउने छैनन् अर्थात एक प्रकारले ब्राउजिङ्ग नै नहुने बताइएको छ ।

वेभसाइटको सर्टिफिकेशन अथोरिटी Lets Encrypt का अनुसार आगामी वर्षबाट पुराना एन्ड्रोइड स्मार्टफोनमा HTTPS भएका सेक्योर वेभसाइट कि त खुल्ने छैनन् कि सम्पूर्ण सामग्री लोड नहुने हुन्छ ।

किन यस्ता हुन्छ ?
Lets Encrypt सर्टिफिकेशन अथोरिटी भन्ने इन्टरनेट सेक्योरिटी रिसर्च ग्रुप अथवा ISRG को अन्तर्गत काम गर्दछ । ISRG वेभसाइटहरुको ट्रान्सपेरेन्ट लेयर सेक्युरिटी इन्क्रिप्सन अथवा TLS उपलब्ध गराउँछ । संसारभरका २२५ मिलियन वेभसाइटहरु Lets Encrypt को सर्टिफिकेशनमा मात्र चल्ने हुन्छ ।

किनकी Lets Encrypt निःशुल्क सर्टिफिकेट उपलब्ध गराउँदछ । यसकारण ३० प्रतिशत डोमेन यसैलाई प्रयोग गर्दछन् । यो कम्पनीको Iden Trust का साथ भएको करार सम्झौता १ सेप्टेम्बर २०२१ म सकिदैछ । यस पछिबाट Lets Encrypt रुट सर्टिफिकेटको विना जति पनि ब्राउजर र अपरेटिङ्ग सिस्टम हुन्छन् ती साइटमा काम गर्दैनन् ।

यसको प्रभाव पुरानो एन्ड्रोइड भर्सन भएका मोबाइलमा जसले Android 7.1 Nougat वा यो भन्दा पनि पुरानो मोबाइल प्रयोग गरिरहेका छन् । सर्टिफिकेशन अर्थोरिटी Lets Encrypt ले केही सफ्टवेयर सन् २०१६ देखि अपडेट भएका छैनन् र तिनमा Android 7.1 भर्सनभन्दा पहिलेका एन्ड्रोइट समावेश छन् ।

Lets Encrypt ले कम्पनीबाट जारी भएका सर्टिफिकेटलाई पुराना भर्सनका एन्ड्रोइडले सपोर्ट नगर्ने बताएको छ । लगभग ६६.२ प्रतिशत एन्ड्रोइड डिभाइस ७.१ भन्दा माथि छन् तर ३३.८ प्रतिशत डिभाइसमा भने समस्या आउन सक्ने बताइएको छ । त्यसो त पुरानो भर्सनको मोबाइलमा फायरफक्स ब्राउजरको प्रयोग भने गर्न सकिन्छ । यो ब्राउजर एन्ड्रोइड–५ र यो भन्दा माथिको भर्सनका लागि सपोर्ट दिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार