annapurna add

blck hole swallow earthब्ल्याकहोल अन्तरिक्षको एउटा भाग हो । जहाँ भौतिक विज्ञानको केहि पनि नियमले काम गर्दैन । यसको गुरुत्वाकर्षणबाट कोहि पनि बँच्न सक्दैन ।

यहाँसम्मकी सूर्यको प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्किन सक्दैन । ब्ल्याकहोलले आफूमाथि आएका प्रकासहरुलाई सोस्ने गर्छ । गएको वर्ष अप्रिलमा वैज्ञानिकहरुले ब्ल्याक होलको एउटा फोटो सार्वजनिक गरेका थिए । जसलाई देख्दै सारा विश्व नै चकित भएको थियो । त्यो फोटो पृथ्वीको सबैभन्दा नजिक रहेको ब्ल्याकहोल एम-८७ को थियो । यो भन्दा बाहेक २४ वर्ष पहिले ब्ल्याकहोलको बारेमा अनुसन्धान गरेपछि यसको नाम सेजिटेरस ए स्टार राखिएको थियो ।

यो आकाशको मिल्की वेको केन्द्रमा रहेको छ । यसलाई एउटा शान्त ब्ल्याकहोल मान्ने गरिन्छ । तर अहिले भने यो ब्ल्याकहोलमा हलचल भईरहेको पाइएको छ । अनुसन्धान कर्ताहरुले ब्ल्याकहोलद्वारा व्रह्माण्ड उथलपुथल हुने संकेत देखिएको छ । वैज्ञानिकहरुका अनुसार यो ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा ठूलो ओजनको छ ।

वैज्ञानिकहरुले यो घटनालाई ज्वारीय विघटन(टाइडल डिसरप्सन) बताएका छन् । कयस खगोलीय घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ् एक्सोप्लानेट सर्वे स्याटेलाइट (टीईएसएस) र नील गेहरेल्स स्विफ्टको सहयोगमा हेरिएको हो । यस घटनाको जानकारी दिँदै नासाले व्रह्माण्डमा यस्तो प्रकारको घटना कमै हुने गरेको बताएको छ ।

दस हजार वर्षदेखि १ लाख वर्षकोबीचमा यस्तो घटना हुने गरेको नासाले बताएको छ । नासाका अनुसार यस्तो घटना अहिलेसम्म ४० पटक मात्र भएको छ । एष्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको एक रिसर्च रिपोर्टका अनुसार ब्ल्याकहोल सेजिटेरस ए स्टार पहिलेको तुलनामा एकदमै भोकाएको छ । किनभने यसले अहिले आफ्नो नजिकमा रहेका कुराहरु आफूभित्र समाहित गरिरहेको छ । यो पृथ्वीको नजिक आएमा पृथ्वी निल्न सक्ने नासाको दाबी छ ।

एक ब्ल्याकहोल आफै कुनै पनि प्रकारको प्रकाश निकाल्दैन । तर यसले आफूभित्र समाहित भएका कुराहरुबाट प्रकाशको श्रोत निकाल्न सक्छ । यो परिवर्तनले आकाश तथा पृथ्वीलाई भने खासै असर नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

बिभिन्न देशका ३ सय ४७ वैज्ञानिकहरुको टीमले अहिले ब्ल्याकहोलको अनुसन्धान गरिरहेका छन् । यस टीमका प्रोजेक्ट डाइरेक्टर वैज्ञानिक शेप डोएलेमानले जसरी २०१९ मा ब्ल्याकहोलको फोटो आएको थियो त्यसरी नै २०२० मा ब्ल्याकहोलको भिडियो आउन सक्ने बताएका छन् ।

कृष्ण छिद्र ("ब्ल्याक होल") अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । सामान्य सापेक्षताको सिद्धान्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई घटना क्षितिज (Event Horizon) भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले प्वाइन्ट अफ नो रिटर्न को संज्ञा दिएका छन। कुनै पनि ब्ल्याक होलको घटना क्षितिज कत्रो हुन्छ भन्ने कूरो त्यसको पूर्व आकारमा भर पर्छ ।

ब्ल्याक होलको तस्बिर हामीले सधैं कल्पना गर्दै आएका थियौँ। बुधबार नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सार्वजनिक गरिएको उक्त तस्बिर हामीले कल्पना गरे जस्तै आकारको देखिएको छ।

यो ब्ल्याक होल सूर्य भन्दा ६ अर्ब ५० करोड गुणा ठूलो छ। यसलाई ब्रहमाण्डको अहिलेसम्मकै सबैभन्दा गह्रौ र ठूलो ब्ल्याक होल हो। तस्बिर केही अनियमित जस्तो देखिएपनि चम्किलो रिङ आकार भने प्रष्ट देखिएको छ। ब्ल्याक होलबाट प्रकाश समेत उम्कन पाउँदैन। वैज्ञानिकहरुले सार्वजनिक गरेको तस्बिर ब्ल्याक होलेको छाँया हो। ब्ल्याक होलको वास्तिवक तस्बिर खिच्न सम्भव नै छैन किनभने यसबाट प्रकाश उम्कन पाउँदैनन्।

खगोलशास्त्रीहरुले इभेन्ट होरिजन टेलिस्कोप (ईएचटी) को मद्दतबाट यसको तस्बिर लिन सफल भएका हुन्। इभेन्ट होराइजन टेलिस्कोप विश्वका विभिन्न ८ वटा टेलिस्कोपहरुको एउटा नेटवर्क हो। एस्ट्रो फिजिक्स जर्नल लेटरमा प्रकाशित रिर्पोट अनुसार विश्वका विभिन्न २० मुलुकका ५९ वटा संस्थाका दुई सय जना वैज्ञानिकहरु यस कार्यमा संलग्न थिए। जसको उद्देश्य एउटै थियो- ब्ल्याक होलको इभेन्ट होरिजनको तस्बिर लिने।

इभेन्ट होरिजनलाई प्वाइन्ट अफ नो रिर्टन पनि भनिन्छ जहाँ कुनै पनि वस्तु पुगेपछि बाहिर आउन सक्दैनन्। यो ब्ल्याक होलको वरिपरि रहेको एउटा काल्पिनक सतह हो जसलाई वैज्ञानिकहरुले गणितीय हिसाबका आधारमा प्रमाणित गरको छन्। पृथ्वीभन्दा यति टाढा रहेको यो वस्तुको तस्बिर लिन कसरी सम्भव भयो भन्ने विषय पनि सबैको चासो रहेको छ।

यसरी गरियो काम:

इभेन्ट होरिजन टोलिस्कोप एउटा रेडियो टेलिस्कोप हो। जसमा विश्वका विभिन्न रेडियो टेलिस्कोपहरुको एउटा सामूहिक प्रयास हो जसबाट पृथ्वी जत्रो एउटा ठूलो काल्पनिक रेडियो टेलिस्किोपको निर्माण गरिएको थियो। विश्वका ८ वटा रेडियो अब्जर्भेटरी टिमको संयुक्त प्रयास हो।

सबै रेडियो टेलिस्कोपहरुलाई एउटै टार्गेटमा सेट गरिएको थियो। यो काल्पनिक टेलिस्कोप पृथ्वीभन्दा ८ हजार माइल टाढा रहेको थियो। यो कार्य निकै गाह्रो थियो। यसका लागि वैज्ञानिकहरुले ‘एटोमिक क्लक’को प्रयोग गरेका थिए। यसमा तरंगको लम्बाईलाई पनि विशेष ख्याल गरिएको थियो।

विभिन्न रिर्पोटहरुका अनुसार टेलिस्कोपहरुबाट प्राप्त तथ्यांकबाट करिब ८ लाख लाख जिबीभन्दा बढि डाटा प्राप्त भएको थियो। जर्मनीमा प्रोसिङ गरिएको थियो। यसबाट प्राप्त तथ्यांकहरुलाई सुपर कम्पयुटरको मद्दतबाट विश्लेषण गरियो।

तथ्यांकहरुलाई हिलयम भरिएको हार्डडिस्कहरुमा संकलन गरिएको थियो। इन्टरनेटको माध्यमबाट डाटाहरुलाई पठाउन नमिलेपछि हवाईजहाजबाट हार्डडिस्क पठाइएको थियो।यसमा रेडियो इमेजिङको प्रयोग गरिएको थियो विभिन्न प्रकारका तरंगहरुबाट प्राप्त तथ्यांकबाट तस्बिर निर्माणमा प्रयोग गरिएको थियो।

टेलिस्कोपहरु विभिन्न ठाउँहरुमा रहेका छन्। यसमा मानव वस्ती नभएको र एउटा सुनसान अकाश तथा वायुमण्डललीय ग्यासहरुको प्रभाव अलिक भएको ठाउँहरुमा राखिएको छ। एउटा हवाइ र मेक्सिकोको ज्वालुमूखी भएको क्षेत्र, एरिजोना राज्यको पहाड र स्पेनिसको साइरा नेभिडा र चिलीको एटाकामा मरुभूमी र एन्टार्टटिकामा राखिएको छ।

एस्ट्रो फिजिक्स जर्नल लेटरको सांराश:

एस्ट्रो फिजिक्स जर्नलनमा इभेन्ट होरिजन टेलिस्कोपले गरेको कार्यबारे विभिन्न ६ वटा पेपर प्रकाशित भएका छन्। उक्त अनुसन्धानात्मक रिर्पोटमा प्रजोक्टको सम्पूर्ण विवरण र हालसम्म प्राप्त उपलब्धिहरुबारे जानकारी दिइएको छ।

पहिलो पेपेरमा ब्ल्याक होलको तस्बिर र प्राप्त उपल्ब्धिको सारंश छ। जसमा प्रोजेक्टको पूर्ण विवरण र हालसम्म प्राप्त उपलब्धिहरुलाई समावेश गरिएको छ।दोस्रो पेपरमा इभेन्ट होरिजन टेलिस्कोपको श्रृंखला(एरे)को बारेमा उल्लेख गरिएको छ। जसमा ब्ल्याक होल सम्बन्धि गरिएको अवलोकन र टेलिस्कोपकहरुको बारेमा उल्लेख छ। उक्त पेपरमा इभेन्ट होरिजन टेलिस्कोपमा निर्माण गरिएको प्रणाली, प्रविधि र स्रोतसाधनको प्रयोग गरेर अवलोकन गरिएकोविषय उल्लेख गरिनुका साथै कामको प्रगतिबारे विश्लेषण गरिएको विवरणहरु उल्लेख छन्।

तेस्रो पेपरमा अवलोकनको पूर्ण विवरण, तथ्यांकहरुलाई समष्टिकरण, आवश्यक प्राटोकलकहरुको विवरण र कसरी निष्कर्श निकालिएको भन्ने विषयमा केन्द्रित छ। चौथो पेपरमा प्राप्त तथ्यांकहरुबाट तस्बिर निर्माण गर्नका लागि गरिएको तौरतारिका र कसरी निर्माण गरिएको भन्ने कुरामा उल्लेख छ। तस्बिर निर्माणका लागि गणितीय प्रकियाबाट समाधान गर्ने प्रकियाहको पुरानो विधि र इएचटीमा प्रयोग गरिएको उपकरणकहरुबाट गणितीय हिसाब गर्ने नयाँ विधि अपनाइएको थियो। जसमा प्राप्त तथ्यांकहरुलाई परीक्षण र हिसाब गर्न महिनौ लागेको थियो।

पाचौं पेपरमा तस्बिरलाई सुक्ष्म विश्लेषण गर्न अपनाइएको जनेरल रिलेटभिस्टिक मेग्नोटोहाइड्रोडाइनामिक(जीआरएमएचडी) सिमुलेसन र एड्मान्स रे ट्रेसिङ विधि अपनाएर ब्लयाक होलको तस्बिर गाभ्न र जेट लन्चिङका लागि गरिएको कार्यहरुबारे उल्लेख छ। छैटौँ पेपरमा प्रयोग गरिएको प्रणाली, प्राप्त तथ्यांकहरुमा गरिएको बदली, ब्ल्याक होलको तौल, र ब्ल्याक होल र त्यसको अन्तरीक्ष समयलाई पारिएको सिमितता लगायतको विषय वस्तुहरु समावेश गरिएको छ।

'अल्बर्ट आइन्स्टाइन सही थिए'

भौतिकशास्त्री उदयराज खनालका अनुसार प्राप्त तस्बिरले अल्बर्ट आइन्सटाइन सही भएको वैज्ञानिक पुष्टि भएको बताए। आइन्स्टाइनले शक्ति र पिण्ड कुनै एक ठाउँमा एकिकृत हुँदा समय र स्थानको अन्त्य हुने कुरा उल्लेख गरेका थिए । जसलाई पछि अन्य वैज्ञानिकहरुले उक्त ठाउँलाई सिंगुलारिटी भनेर व्याख्या गरेका थिए ।ब्ल्याक होलको मध्य भागमासिंगुलारिटी पर्छ जहाँ सबै शक्ति र पिण्ड एकिकृत हुन्छ । यसलाई इभेन्ट होराइजनले छोपेर राखेको उनले बताए ।

उनका अनुसार आइन्सटाइनले भने अनुसार स्पेस, समय र गुरुत्वको व्याख्या सही भएको बताए। ब्ल्याक होलको मध्यभागतिर वस्तुहरु गइरहेको बताए। न्यूटनको गुरुत्वकार्षणको सिद्धान्तमा 'पोइन्ट मास' भनेजस्तै रिलेटिभटीको पोइन्ट मासबारे आइन्सटाइनको सापेक्षता सम्बन्धिको सिद्धान्तले दिएको छ। आइन्सटाइनले गुरुत्वले प्रकाशको गतिलाई कुनै प्रभााव नपार्ने कुरा उल्लेख गरेका थिए।

आइन्स्टाइनले ब्रहमाण्डका सम्पूर्ण गति,वस्तु र घटना सापेक्ष रहेको र सबै प्रकाशको गतिसँग सम्बन्धित छन् भनेका थिए। उनले भने अनुसार अन्तरिक्ष तथा अन्तरिक्ष समय पहिले विश्वास गरिए झै चेप्टो छैन,यो घुमाउरो छ। यसबाट पुनः आइन्सटाइनको सिद्धान्त अनुसार 'स्पेश र टाइम' को रेखागणितीय बांगोपना हुने कुरा पनि पुष्टि भएको छ। यसअघि गुरुत्वकार्षण तरंगहरु रहेको कुरा पुष्टि भएको थियो।

के हो ब्ल्याक होल ?

ब्ल्याक होल एउटा यस्तो क्षेत्र हो जहाँ प्रकाश पनि हराउँछ। प्रकाश यहीँ ‘ट्र्याप’हुन्छ। ब्ल्याक होलले कुनैपनि वस्तुलाई आफूतिर तान्छ र उम्कन दिदैन। यसले सिंगो एउटा सौर्यमण्डल नै आफूतिर तानिदिन सक्ने क्षमता राख्छ। यसमा धेरै नै गुरुत्वकार्षण बल हुन्छ। इभेन्ट होराइजनमा पुगेको वस्तु केही पनि निस्कन सक्दैन। त्यहाँ पुगेको पुगेको वस्तु त्यहाँको केन्द्रमा पुगेर खुम्चेर बस्छ।

पहिलो पेपेरमा ब्ल्याक होलको तस्बिर र प्राप्त उपल्ब्धिको सारंश छ। जसमा प्रोजेक्टको पूर्ण विवरण र हालसम्म प्राप्त उपलब्धिहरुलाई समावेश गरिएको छ।दोस्रो पेपरमा इभेन्ट होरिजन टेलिस्कोपको श्रृंखला(एरे)को बारेमा उल्लेख गरिएको छ। जसमा ब्ल्याक होल सम्बन्धि गरिएको अवलोकन र टेलिस्कोपकहरुको बारेमा उल्लेख छ। उक्त पेपरमा इभेन्ट होरिजन टेलिस्कोपमा निर्माण गरिएको प्रणाली, प्रविधि र स्रोतसाधनको प्रयोग गरेर अवलोकन गरिएकोविषय उल्लेख गरिनुका साथै कामको प्रगतिबारे विश्लेषण गरिएको विवरणहरु उल्लेख छन्।

तेस्रो पेपरमा अवलोकनको पूर्ण विवरण, तथ्यांकहरुलाई समष्टिकरण, आवश्यक प्राटोकलकहरुको विवरण र कसरी निष्कर्श निकालिएको भन्ने विषयमा केन्द्रित छ। चौथो पेपरमा प्राप्त तथ्यांकहरुबाट तस्बिर निर्माण गर्नका लागि गरिएको तौरतारिका र कसरी निर्माण गरिएको भन्ने कुरामा उल्लेख छ। तस्बिर निर्माणका लागि गणितीय प्रकियाबाट समाधान गर्ने प्रकियाहको पुरानो विधि र इएचटीमा प्रयोग गरिएको उपकरणकहरुबाट गणितीय हिसाब गर्ने नयाँ विधि अपनाइएको थियो। जसमा प्राप्त तथ्यांकहरुलाई परीक्षण र हिसाब गर्न महिनौ लागेको थियो।

पाचौं पेपरमा तस्बिरलाई सुक्ष्म विश्लेषण गर्न अपनाइएको जनेरल रिलेटभिस्टिक मेग्नोटोहाइड्रोडाइनामिक(जीआरएमएचडी) सिमुलेसन र एड्मान्स रे ट्रेसिङ विधि अपनाएर ब्लयाक होलको तस्बिर गाभ्न र जेट लन्चिङका लागि गरिएको कार्यहरुबारे उल्लेख छ। छैटौँ पेपरमा प्रयोग गरिएको प्रणाली, प्राप्त तथ्यांकहरुमा गरिएको बदली, ब्ल्याक होलको तौल, र ब्ल्याक होल र त्यसको अन्तरीक्ष समयलाई पारिएको सिमितता लगायतको विषय वस्तुहरु समावेश गरिएको छ।

'अल्बर्ट आइन्स्टाइन सही थिए'

भौतिकशास्त्री उदयराज खनालका अनुसार प्राप्त तस्बिरले अल्बर्ट आइन्सटाइन सही भएको वैज्ञानिक पुष्टि भएको बताए। आइन्स्टाइनले शक्ति र पिण्ड कुनै एक ठाउँमा एकिकृत हुँदा समय र स्थानको अन्त्य हुने कुरा उल्लेख गरेका थिए । जसलाई पछि अन्य वैज्ञानिकहरुले उक्त ठाउँलाई सिंगुलारिटी भनेर व्याख्या गरेका थिए । ब्ल्याक होलको मध्य भागमासिंगुलारिटी पर्छ जहाँ सबै शक्ति र पिण्ड एकिकृत हुन्छ । यसलाई इभेन्ट होराइजनले छोपेर राखेको उनले बताए ।

उनका अनुसार आइन्सटाइनले भने अनुसार स्पेस, समय र गुरुत्वको व्याख्या सही भएको बताए। ब्ल्याक होलको मध्यभागतिर वस्तुहरु गइरहेको बताए। न्यूटनको गुरुत्वकार्षणको सिद्धान्तमा 'पोइन्ट मास' भनेजस्तै रिलेटिभटीको पोइन्ट मासबारे आइन्सटाइनको सापेक्षता सम्बन्धिको सिद्धान्तले दिएको छ। आइन्सटाइनले गुरुत्वले प्रकाशको गतिलाई कुनै प्रभााव नपार्ने कुरा उल्लेख गरेका थिए।

आइन्स्टाइनले ब्रहमाण्डका सम्पूर्ण गति,वस्तु र घटना सापेक्ष रहेको र सबै प्रकाशको गतिसँग सम्बन्धित छन् भनेका थिए। उनले भने अनुसार अन्तरिक्ष तथा अन्तरिक्ष समय पहिले विश्वास गरिए झै चेप्टो छैन,यो घुमाउरो छ। यसबाट पुनः आइन्सटाइनको सिद्धान्त अनुसार 'स्पेश र टाइम' को रेखागणितीय बांगोपना हुने कुरा पनि पुष्टि भएको छ। यसअघि गुरुत्वकार्षण तरंगहरु रहेको कुरा पुष्टि भएको थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर