annapurna add

nep 1280x720

चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा परीक्षण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अधिकारीहरुले नेपालमा रहेको होङ्सी सिमेन्ट उद्योगमा कार्यरत मजदुरमा सो खोप परीक्षणका लागि अनुमति दिने तयारी भएको बताएका छन्। चीनले तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलका पाँच सय मजदुरमा परीक्षणका लागि अनुमति मागेको छ।

नेपालमा सिनोभ्याक बायोटेक नामक कम्पनीले विकास गरेको खोपको परीक्षण हुन लागेको हो। सो कम्पनीले मध्य पुससम्म 'सिनोभ्याक्स' नामक खोप बजारमा ल्याइसक्ने जनाएको छ। सोही कम्पनीले आफ्नो खोपलाई होङ्सीका कामदारमा क्लिनिकल ट्रायल गर्ने खोजेको हो। होङ्सीमा कार्यरत रहेका र परीक्षणमा सहभागी हुन चाहने ५ सय मजदुरमा एक हजार भाइल भ्याक्सिन परीक्षण गर्ने अनुमति मागिएको हो। चिनियाँ दूतावासबाट परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुँदै परिषदसम्म परीक्षणको प्रस्ताव आइपुगेको हो।

चीनका ३ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन्। चीन नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म), क्यानसिनो बायोलोजिक्स र सिनोभ्याकको खोपले क्लिनिकल ट्रायलका लागि अनुमति पाएका छन्। सिनोफार्मले क्लिनिकल ट्रायलका लागि ५० हजारभन्दा बढी डोज उत्पादन गरेको बताइएको छ। सो कम्पनीको एक ब्याचमा तीस लाख डोज उत्पादन गर्न सक्ने र एक वर्षमा दस करोड डोज उत्पादन गर्ने क्षमता भएको जनाइएको छ।

कोरोनाविरुद्ध खोप निर्माण गरेको दाबी गर्दै आएको रुसले स्थानीय औषधि कम्पनीसँग मिलेर नेपालमै खोप उत्पादन गर्ने प्रस्ताव गरेको छ। खोप उत्पादनमा पहिलो भएको दाबी गर्दै मस्कोले त्यसको नाम स्पुतनिक भी राखेको छ। जसलाई नेपालमै उत्पादनको गर्ने सकिने उसले जनाएको छ। त्यसैगरी अक्सफोर्डले निर्माण गरेको खोपको क्लिनिकल ट्रायलको विषयमा समेत कुराकानी भइरहेको परिषदका एक सदस्यले बताए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार