annapurna add

1584328919Vaccineविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोभिड–१९ का विशेष दूत डेभिड नाबारोले संसारमा सबैका लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुनका लागि साढे १ वर्ष लाग्नसक्ने बताएका छन् ।

जेनेभास्थित डब्लुएचओको मुख्यालयमा बीबीसीसँगको विशेष कुराकानीमा नाबारोले सबै अनुमानले सुरक्षित र प्रभावकारी खोप विकसित गर्नका लागि कम्तिमा पनि १८ महिनासम्म लाग्नसक्ने बताए ।

उनले भने, ‘हामीलाई कुनै खोपको आवश्यकता छ । यसपछि यो खोपको म्यानुफ्याक्चरिङ गर्न र संसारका ७.८ अर्ब जनसंख्यालाई उपलब्ध गराउनका लागि थप एक वर्ष लाग्नेछ ।’

नाबारो लण्डन इम्पिरियल कलेजमा ग्लोबल हेल्थका प्राध्यापक समेत हुन् । उनले अझै पनि संसारमा केही भाइरसको औषधि पत्ता लाग्न नसकेको स्मरण गराएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...