annapurna add

feature image Pledge 2 480x196

संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। 

जोनसन एन्ड जोनसन
जोनसनले अघिल्लो महिना ६० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको थियो। परिणाम अर्को वर्षको सुरुसम्म आइसक्ने उसको विश्वास छ। परीक्षण सफल भए जोनसनले सन् २०२१ सम्ममा एक अर्बभन्दा बढी परिमाणमा खोपको विकास गर्ने भएको छ। पहिलो र दोस्रो चरणको परीक्षणमा खोपले मानिसमा प्रतिरोधात्मक क्षमता बढाएको अनुसन्धानले देखाएको छ।

एस्ट्राजेने
तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो, अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत। अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ। तर, क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन्। खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे।

गामालिया
गामालिया रिसर्च सेन्टरले पनि कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको छ। स्पटनिक भी नाम दिइएको खोप विश्वकै पहिलो दर्ता गरिएको खोप भएको दाबी छ। जुन विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको परीक्षणका लागि मान्यता दिएको विश्वका १० खोपमध्ये एक हो। रसियाका ४० जना नागरिकमा यसको परीक्षण हुँदै छ। दुई चरणको खोप प्रभावकारी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। रसियाली नागरिकले खोप निःशुल्क पाउनेछन् भने सुरुमा स्वास्थ्यकर्मी, शिक्षक, यातायातकर्मी र सुरक्षाकर्मीलाई खोप उपलब्ध गराइनेछ।

फाइजर तथा बायोएनटेक
औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप ९० प्रतिशत मानिसमा संक्रमण रोक्न प्रभावकारी भएको प्रारम्भिक अध्ययनले देखाएको छ। खोपको सफलतालाई कोरोनाको जारी विश्व महामारीका विरूद्ध अहिलेसम्मको ठूलो सफलता ठानिएको छ। अनुमति मिलेमा कम्पनीले वर्षको अन्त्यसम्म ५ करोड मात्रा उत्पादन गर्न सकिने बताएको छ। यो मात्राले २ करोड ५० लाख मानिसलाई कोरोनाबाट जोगाउन सक्नेछ। यस्तै आगामी वर्षसम्म १ अर्ब ६० करोड मात्रा उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ।

खोपको हालसम्म ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिसकिएको छ र यसमा कुनै जोखिमहरू देखिएको छैन्। हाल संसारमा दर्जनौको संख्यामा खोपहरू आफ्नो परीक्षणको अन्तिम चरणमा रहेका छन्। तर नतिजा देखाएको खोप यो मात्रै हो। शरिरको प्रतिरोधक क्षमता भाइरसविरूद्ध लड्न तयार होस् भन्नाका लागि यो खोपबाट मानिसको शरिरमा भाइरसको जेनेटिक कोड हालिन्छ। यो खोप तीन साताको अन्तरालमा दुईपटक लगाइन्छ। हालसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणले खोप लगाइएको सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसविरूद्ध रक्षात्मक प्रणाली विकास भएको देखाएको छ। यसअघि भएका परीक्षणमा कोरोनासँग लड्न खोपले एन्टिबडी बनाउने र प्रतिरोधी क्षमताले शरिरको एक भागमा टि-सेलको निर्माण गर्दछ। खोपलाई शुन्य देखि ८० डिग्री सेल्सियसभन्दा तलको तापक्रममा राख्नुपर्छ। कम्पनीले उक्त सफलतालाई विज्ञान र मानवताका लागि महान् दिन भनेको छ। आपतकालिन प्रयोग अनुमतिका लागि कम्पनीले यसै महिनाको अन्त्यसम्म आवेदन दिने जनाइएको छ।

मोडर्ना इंक
अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ। उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ। जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन्। मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन्।

क्यानसिनो
तेस्रो चरणको परीक्षण अनुमति पाउने विश्वका १० खोपमध्ये चीनमा विकास भइरहेको क्यानसिनो पनि एक हो। क्यानसिनोले शनिबार परीक्षण सुरु भएको जनाएको छ। उसले क्यानसिनो खोप मेक्सिकोमा परीक्षण गरिरहेको छ। १५ हजार नागरिकमा परीक्षण गरिने खोप मेक्सिकी अधिकारीबाट अक्टोबरमै अनुमति पाइएको कम्पनीले जनाएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार मेक्सिको सरकारसँग क्यानसिनोले ३ करोड ५० लाख खोप उपलब्ध गराउने सम्झौता गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार