annapurna add

000000000000super computers data center coronavirus covid 19 by jongho shin casarsaguru getty images 100837586 largeकोरोना भाइरसको महामारीसँगै विश्वभरका वैज्ञानिकहरु अहिले कोभिड–१९ विरुद्धको खोप बनाउने प्रयासमा तीव्र रुपले लागेका छन् । अमेरिका, युरोपका विभिन्न देशहरु, चीनसहितका देशका वैज्ञानिक, अनुसन्धान संस्था तथा विश्व विद्यालयहरु खोप बनाउने प्रयासमा जोडतोडका साथ लागि परेका छन् ।

यहिबिचमा अमेरिकी अधिकारीले चेतावनी दिएका छन् कि, चिनियाँ ह्याकरहरु कोभिड–१९ विरुद्धको खोप पत्तालगाउने प्रयासमा अमेरिकाले गरिरहेका अनुसन्धानका तथ्यांकहरु चोरी गर्ने प्रयासमा छन् । अमेरिकी अधिकारीहरुले कोरोना भाइरस विरुद्धको खोप वा औषधि बनाउने प्रयासमा रहेका सबै केन्द्रहरुले आफ्नो तथ्यांक सुरक्षित राख्नका लागि अत्याधिक सावधानी अपनाउन सजग गराएका छन् ।

अमेरिकाको नेशनल काउन्टरइन्टिलिजेन्स एण्ड सेक्युरिटी सेन्टरका निर्देशक बिल एभानिनाले नेशनल पब्लिक रेडियो (एनपिआर) सँगको अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो तर्फबाट कोडिभ–१९ को खोप वा औषधि बनाउने प्रयासमा रहेका सबैको सुरक्षाका लागि अधिकतम प्रयास गरेका छौँ । तर सम्बन्धित अनुसन्धान केन्द्र, अस्पताल र औषधि उत्पादक कम्पनीहरुले पनि आफ्नो तथ्यांक जोगाउनका लागि अधिक सजकता अपनाउनु पर्ने भएको छ ।’

अमेरिकाको होमल्याण्ड सेक्युरिटी मन्त्रालय र बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टरले हालै एक वक्तव्य जारी गरेर ह्याकरहरुले सक्रिय रुपमा स्वास्थ्य सेवा प्रदायक संस्था, अनुसन्धान केन्द्र, औषधि उत्पादक कम्पनी, विश्व विद्यालय, स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने संस्था तथा स्थानीय सरकारका निकायहरुलाई निशाना बनाएको भन्दै सचेत गराएका थिए ।

सो वक्तव्यमा चीन वा अरु कुनै देशको नाम उल्लेख थिएन । तर समाचार संस्था रोयटर्सले ह्याकरहरु इरानसँग सम्बन्धित रहेको र उनीहरुले अमेरिकी औषधि उत्पादक कम्पनी गिलियाड साइन्सका इमेल एकाउन्टहरु ह्याक गर्ने प्रयास गरेको दाबी गरेको थियो । तर इरानले भने सो आरोप अस्वीकार गरेको छ ।

यस्तै द न्यूयोर्क टाइम्सले अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबिआई) र होमल्याण्ड सेक्युरिटी मन्त्रालयले चीनका अति निपूर्ण ह्याकर तथा गुप्तचरहरु कोभिड–१९ विरुद्धको खोप वा औषधि सम्बन्धमा भइरहेको अनुसन्धानका तथ्यांकहरु चोरी गर्ने प्रयासमा रहेको भन्दै चेतावनी जारी गर्ने तयारी गरेको खबर प्रकाशित गरेको थियो ।

चीनले ह्याकरहरु मार्फत महत्वपूर्ण गुप्तचर सूचनाहरु तथा खोप, उपचार र परीक्षणसहितका सार्वजनिक स्वास्थ्य सम्बन्धी जानकारीहरु प्राप्त गर्न प्रयास गरिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । तर चीनले भने सो आरोप अस्वीकार गरेको छ ।देशसंचार

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...