annapurna add

Kp oli by Elite

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमणबाट जोगिन पाँच ‘हेल्थ टिप्स’ दिएका छन्। सोमबार साँझ प्रधानमन्त्री ओली देशवासीको नाममा सम्बोधन गर्दै निरोगी नेपाल निर्माणको लागि स्वास्थ्यसम्बन्धी पाँच ‘हेल्थ टिप्स’ दिएका हुन्।

प्रधानमन्त्री ओलीले दिएका पाँच टिप्स यस्ता छन् :

पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।

– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं। शारीरिक र स्वासप्रस्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऔं।

– तेस्रो, भाइरस फोहोरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाइमा ध्यान दिऔं।

– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऔं।

– पाँचौं, उच्च मनोबल कायम राखौं। भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरूद्धको लडाइँमा कमजोर तुल्याउँछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...